Comments Add Comment

गोलीसहित पक्राउ परेका सांसद ल्हारक्याल लामालाई ५ दिन थुनामा राख्न आदेश

Lharkyal-Lama-(2)

३० फागुन, काठमाडौं । १४ थान गोलीसहित पक्राउ परेका एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामालाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्ने क्रममा गोली भेटेपछि प्रहरीलाई बुझाएको थियो ।

प्रहरीले हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा चलाउन अनुसन्धानका लागि १० दिन म्याद माग गरेको थियो । प्रशासनले ५ दिन म्याद दिएको प्रशाशकीय अधिृकत कृष्ण गैह्रेले जानकारी दिए ।

भिडियो

अख्तियारले लामामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान गरिरहेको थियो । छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरलाई बताए ।

गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको थियो । लगतै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम थापाका अनुसार यसबारे अनुसन्धान गर्न एसपी प्रधुम्न कार्कीको नेतृत्वमा टोली बनेको छ । उसले थापाले कहााबाट गोली ल्याए ? अरु हतियार भए नभएको अध्ययन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment