Comments Add Comment

पारस उपचारका लागि दिल्लीमा, अवस्था सामान्य

Paras-khadka३ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणमा रहेका बेला कप्तान पारस खड्का भने उपचारका लागि नयाँ दिल्लीमा छन् । सोमबार श्रीमतीसहित दिल्ली गएका उनी शनिबार फर्किनेछन् ।

गत साता अचानक अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएका पारसको आन्द्रामा घाउ देखिएको थियो । उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।

नेपाली टोलीका अन्तरिम प्रशिक्षक जगत टमटाका अनुसार अस्पतालबाट डिस्चार्ज भएर उनी दुई दिन प्रशिक्षणमा सामेल पनि भएका थिए । ‘प्रशिक्षणका क्रममा कुनै समस्या देखिएको थिएन, सामान्य रुपमै अभ्यास गरेको थियो’ टमाटाले अनलाइनबरसँग भने, ‘महत्वपूर्ण प्रतियोगिताहरु खेल्नुपर्ने भएकाले स्वास्थ्यका विषयमा निश्चिन्त हुनलाई दिल्ली गएको हो ।’

पारसका हजुरबुवा प्रेमबहादुर खड्काले पनि उनको अवस्था अहिले सामान्य रहेको बताए । उनले भने, ‘नर्भिक उपचार गरेपछि राम्रो भइरहेको छ । तैपनि एकपटक राम्रो ठाउँमा चेकअप गरौं भनेर गएको हो ।’

मेदान्तमा चेकअप गर्ने भनेर गए पनि अहिले अर्कै अस्पतालमा जचाउने तयारी भएको खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment