८ चैत, रुकुम । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिलेको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन नेपाली काँग्रेस पनि सरकारमा सहभागी हुन अाग्रह गरेका छन् ।
प्रेस चौतारी रुकुमले अाज बिहान मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा एमालेले नेतृत्व गरेको सरकारमा सहभागी हुन आग्रह गरे । “शेरबहादुरजी सरकारमा आउनूस्, सँगै हातेमालो गरौँ, विकास निर्माणलाई तीव्रता दिऔँ, सङघीयतालाई संस्थागत गरौँ, नमिलेका कुरालाई मिलाएर अगाडि बढौँ”, नेपालले भने ।
पूर्वप्रधानमन्त्री नेपालले देशमा लोकतान्त्रिक संविधान आउन सफल भएको भन्दै अब संविधानको कार्यान्वयन गर्ने र विकासको नयाँ अभियान सुरु गर्ने जिम्मेवारी एमालेको काँधमा थपिएको उल्लेख गरे ।