Comments Add Comment

बहसमा ब्रिटिस मिडिया: पञ्चकन्यालाई ‘भर्जिन’ भन्नु ठीक कि बेठीक ?

PANCHAKANYA-Final

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई नेपाली मात्र होइन, बेलायती मिडियाले पनि महत्वका साथ पछ्याइरहेका छन् । पछिल्लोपटक ह्यारीलाई पञ्चकन्याले स्वागत गरेको समाचारमा प्रस्तुत गर्ने क्रममा केही बेलायती मिडियाले गरेको शब्द चयनका विषयमा सामाजिक सञ्जालमा तीव्र चर्चा भएको छ ।

बेलायतको टेलिग्राफलगायत केही चर्चित मिडियाले पञ्चकन्यालाई ‘फाइभ भर्जिन’ लेखेका छन् । भर्जिन शब्दले अन्यथा अर्थ लाग्ने भन्दै सामाजिक सञ्जालमा नेपालीहरुले टिप्पणी गरेका हुन् । अंग्रेजीमा भर्जिन शब्दले कहिल्यै यौनसम्वन्ध नराखेको भन्ने जनाउँछ ।

हिन्दू धर्मका अन्वेषक तथा त्रिभुवन विश्वविद्यालयका संस्कृत विषयका उपप्राध्यापक जनार्दन घिमिरेका अनुसार रजस्वला नभइसकेका केटीलाई चोखो ठान्ने मान्यताअनुसार विभिन्न शुभकार्यमा पञ्चकन्याको प्रयोग गरिदै आएको छ । यद्यपि, कन्या शब्दले ‘कुमारित्व भंग नभएको’ अर्थ पनि बुझाउने उनी बताउाछन् ।

‘हिन्दू धर्मशाष्त्रमा अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरीलाई पाँच शुद्ध कुमारीका रुपमा पुज्ने गरिन्छ,’ घिमिरेले भने, ‘उनीहरुकै प्रतिकका रुपमा पञ्चकन्याको प्रयोग गर्ने गरिएको हो ।’

यद्यपि, पञ्चकन्यामा पर्ने माथिका पाँच नारीहरुका श्रीमान र सन्तान समेत थिए । द्रौपदीका त श्रीमान नै पााचजना थिए । घिमिरेको भनाइमा उनीहरुको युगमा सन्तान जन्मनका लागि पुरुषसँग शारीरिक सम्वन्ध आवश्यक थिएन ।

‘हिन्दू धर्मशास्त्रमा सन्तान जन्माउने तीन प्रक्रिया पाइन्छन् । पहिलो तनु, आत्म र मनु । तनु भनेको तनबाट जन्मिने मनु भनेको मनबाट जन्मिने र आत्म भनेको आत्माबाट जन्मिने । त्यतिबेला मनु वा आत्मबाट उनीहरुले सन्तान प्राप्ति गरे र आफ्नो पवित्रता कायम राखे ।’

तपाईंको बिचारमा पञ्चकन्यालाई ‘भर्जिन’ भन्नु ठीक कि बेठीक ? आफ्नो मत व्यक्त गर्नुहोला

१. पवित्रताको प्रतिक पञ्चकन्याको अर्थ र महत्व नै बुझेनन् । भर्जिन भन्नु बेठीक हो ।

२. कुमारीहरुलाई नै पञ्चकन्याको रुपमा पुजिने भएकाले भर्जिन भनेर के गलत भयो र ?

३. यसबारे कुनै कमेन्ट गर्नुछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment