Comments Add Comment

‘खेलाडी बन्न आएकी मलाई कलाकार बन्दा ‘लक’ लागेन’: खुश्वु खड्का(भिडियो)

Khusbu Khadka (17)

सिन्धुपाल्चोकमा जन्मिएकी खुश्वु खड्कालाई काठमाण्डौ आउँदा खेलाडी बन्छु भन्ने लागेको थियो । उनी खेलाडी बन्नकै लागि काठमाण्डौ आएकी थिइन् । तर, ७ बर्ष अगाडि उनको जीवनको गोरेटो बदलियो र उनी कलाकारितामा आइपुगिन् ।

७ बर्षदेखि निरन्तर चलचित्र क्षेत्रमा लागेकी उनले अहिले खेलाडी जीवन छाडिसकेकी छिन् । खुश्वु आफू कलाकार भएर गर्वका साथ हिन्ने गरेको बताउँछिन् । उनले अभिनय गरेका ६ वटा चलचित्रमध्ये ५ वटा रिलिज नै भएका छैनन् । यसैले पनि उनलाई लाग्छ, ‘लक’ले साथ दिएको छैन ।

अब त कसैले आफूलाई असफल नायिका भन्छन् कि भन्ने पिर पनि उनलाई लागेको छ । ७ बर्षको दौरानमा खुश्वु भन्दा पछाडि आएका नायिकाहरु स्टार भैसकेका छन् । तर, उनी अझै पनि ‘फेल’ भएको अनुभव गर्दैछिन् ।

खुश्वुसँगको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः


खुश्वु आफू ईमान्दार कलाकार भएको बताउँछिन् । आफूसँग धैर्यता भएको बताउने खुश्वु काममा आफूले मिहिनेत गर्ने बताउँछिन् । आफूले मिहिनेत गर्दा गर्दै पनि चलचित्र नचल्दा कहिलेकाही दिक्क लाग्ने उनको भनाई छ ।

खुश्वु भन्छिन्-‘म कलाकार बन्न आएकी हुँ । अहिले नचलेपनि म ७० बर्षको उमेरमा चल्न सकुँ । त्यो उमेरमा पनि दर्शकले मलाई चिनिदिए भने त्यो ठूलो कुरा हो ।’Khusbu Khadka (1)

चलचित्र क्षेत्र एकदमै ठिक भएको उनी बताउँछिन् । हरेक क्षेत्रमा खराव र राम्रा मान्छे भएको भन्दै सोच सकारात्मक भएको खण्डमा फूल देखिने उनको वुझाई छ । कुनै पनि मानिस कोसँग कसरी प्रस्तुत भएको छ भन्ने कुराले उसलाई दोश्रो व्यक्तिले व्यवहार गर्ने खुश्वु बताउँछिन् । नायिका आफू ठिक भएको खण्डमा अरुले गलत व्यवहार गर्न नसक्ने खुश्वुले दाबी गरिन् ।

चलचित्र छनोटको बिषयमा खुश्वुले अनलाइनखबरसँग कुरा गर्दै भनिन्-‘म कथा, निर्देशक र ब्यानर हेर्छु । सबै टिम राम्रो भएको खण्डमा चलचित्र पनि राम्रो बन्छ ।’

दर्शकले आफूलाई एउटा राम्रो कलाकार भनेर चिनुन भन्ने चाहना छ यी सुन्दरीको । आफू धैर्य गर्न सक्ने खुबी भएकाले अहिलेसम्म यो क्षेत्रमा टिकेको भन्दै उनले जो पायो त्यहीले यसरी धैर्यता राख्न नसक्ने सुनाइन् । बाटो लामो भएपनि सही बाटो नै हिड्ने भन्दै उनले सफल हुनका लागि छोटो तर गलत बाटो नरोज्ने दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment