Comments Add Comment

‘केटीहरु मुटु तोड्छन्, केटाहरु पाको बेला खाट तोड्छन्’

chapali height shooting
ठमेलको चोकमै पुगेर बाइकबाट ओर्लिने वित्तिकै म एउटा रेष्टुरेन्ट छिर्न खोज्दै थिएँ । काठमाण्डौमा परेको पानीले केही भिजेपनि त्यो भिजाइले यात्रालाई खासै अवरोध गरेको थिएन । चोकमै एउटा रिक्सा लिएर बसेका दाज्यूले भने-‘दाई थकाई लागेको छ भने मसाज जाने हो ।’

मलाई अचम्म लाग्यो, मसाज जाने प्रस्ताव मलाई रिक्सा चालकले गर्दै थिए । तर, मेरो गन्तव्य ठमेलेको मसाज सेन्टर नभई अर्कै ठाउँमा थियो । यसैले पनि बिहान २ घन्टा व्यायम गर्छु, ज्यान दुख्ने त कुरै भएन भन्दै उनको प्रस्तावलाई अस्विकार गर्दै भर्‍याङ चढे ।

३ तला माथि रहेको इबिजामा प्रवेश गर्न समय लाग्यो  कारण, ढोकामै बसेका भाइले केहीवेर रोकिदिए । केहीवेरपछि भित्र पस्दै गर्दा माहोल रमाइलो थियो । डिस्कोको लाइट, ठूलो हल, यूवायूवतीको भीड, वातावरण रोमाञ्चित थियो । त्यी रोमाञ्चित वातावरण एक सुन्दरी अर्का एक यूवकलाई गालामा थप्पड हान्दै थिइन् ।
chapli height 2 shoot
उनले ती यूवकलाई सात पटकसम्म थप्पड हानिन् । थप्पड हान्नुको कारण वुझ्दै जाँदा थाहा भयो । यूवक खुबै प्लेब्याई रहेछन् । जुन यूवतीलाई पनि माया जालमा फसाएर बेडमा पुर्‍याउने शैली रहेछ उनको । उनी ती हट यूवतीलाई भन्दै थिए-‘तिमी कुनै सत्ती सावित्री होइनौ ।’

यूवती मन्दिर जाने, माछा-मासु केही पनि नखाने खालकी रहिछन् । यूवक भने चुरोट खाने, डिस्को बार पुग्ने, मदिरा खाने शैलीका रहेछन् । यसैले उनले यूवतीबाट गालामा थप्पड खाएका रहेछन् ।

यूवती थप्पड हानेर हिडेपछि एकजना चञ्चले यूवा देखिए । जो केही वेर अघिसम्म बारमा बसेर मदिरा सुर्काइरहेका थिए । उनी आए र थप्पड खाने यूवकलाई भने-केटीहरु मुुटु तोड्छन्, केटाहरु पाको बेलामा खाट तोड्छन् । यहाँ कोही भन्दा कोही कम छैन ।’
mariska pokheral
अब एकछिन केही समय अगाडिको दृश्यलाई संझिउँ । म जुन भर्‍याङ चढेर ३ ताल माथि आएको थियो, त्यो ठमेल चोकमै रहेको इबिजा रेष्टुरेन्ट थियो । अनी, यहाँ जुन प्रसंग र पात्रको कुरा भैरहेको छ, यो चलचित्र ‘चपली हाइट २’ छायांकनको दृश्य हो ।

निर्माता अर्जुन कुमार आइपुगे । अर्जुनले चलचित्रको छायांकन ८० प्रतिशत सकिएको र अब जम्मा २० प्रतिशत बाँकी रहेको बताए । उनका अनुसार, माथि उल्लेख गरिएको दृश्य चलचित्रको इन्ट्रोडक्शनको रहेछ  । यो दृश्यमा अभिनय गर्ने कलाकार हुन्, आयुष्मान देशराज श्रेष्ठ जोशी र मरिष्का पोख्रेल ।

निर्माता अर्जुन कुमारले यो चलचित्रलाई अघिल्लो चलचित्र ‘चपली हाइट’को सिक्वेल नभएको बताए । उनले चलचित्रको काम सकिने बेलासम्म आइपुग्दा आफू हरेक फ्रेमबाट सन्तुष्ट भएको बताए । आफू सिक्वेलको लहडमा प्रवेश नगरेको उनको भनाई थियो । यो चलचित्रले यसभन्दा अगाडि नेपाली चलचित्रका पर्दामा राम्रोसँग प्रस्तुत नगरिएका कथालाई यसमा ध्यान दिइएको बताए ।
mariska and aausman
निर्देशक दीपेन्द्र के खनाल टेक लिइरहेका थिए । नायिका मरिष्का पोख्रेलसँग मेरो चिनजान राम्रै भएकाले उनले दृश्य र परिवेशको बारेमा बताइन् । वन पिसमा केही हट देखिएकी यी सुन्दरीलाई लाग्छ, यो चलचित्रको कथा उत्कृष्ट छ । यसैले उनी यो चलचित्रमा काम गर्ने सहमती जनाएकी रहिछन् । उनले ७ पटकसम्म आयुष्मानलाई थप्पड हानेको बताइन् ।

जीवनको कुनै कालखण्डमा के तपाइले यूवकलाई  थप्पड हान्नु भएको छ भनेर सोध्दा, मरिष्का केही लजाइन् र भनिन्-‘ जतिबेला म १७-१८ बर्षको उमेरमा थिएँ, त्यतिबेला खुबै यूवाहरुलाई गालामा थप्पड हानेकी छु । कुनै पनि गोलको लागि हिडेको समयमा कसैले दिक्क बनाए थप्पड हान्ने गरेको उनले सुनाइन् ।’
aausman deshraj
‘के म तिम्रो होइन र’ डेब्यू नायिका यो चलचित्रबाट पनि सन्तुष्ट र महत्वकांक्षी देखिइन् । अब एकछिन आयुष्मानका कुरा सुनौ । आयुष्मान मेरा लागि नयाँ पात्र थिए, जसले कस्तो जवाफ दिन्छन् भन्ने मलाई थाहा थिएन । उनको अभिनयको तारिफ प्रोडक्शन डिजाइनर बुद्धीलाल मगरको मुखबाट मैले त्यही बस्दा नै वुझेको थिएँ ।

आयुष्मान बोल्नमा सिपालु रहेछन् । उनी तार्किक कुरा गर्न माहिर देखिएन । चलचित्रलाई उनले रोमान्टिक थि्रलर भन्दा बाहेक केही भनन् । कुनै पनि चलचित्रमा आफू ११० प्रतिशत दिन आएको भन्दै उनले यसमा पनि सोही अनुसार काम गरेको सुनाए ।
dipendra aausman and mariska
हरेक प्रश्नमा आयुष्मान आफ्नै शैलीको जवाफ दिन माहिर रहेछन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफू कलाकरा बन्छु भनेर प्रवेश गरेको भन्दै उनले यहाँ कलाकारको अभाव रहेको औल्याए । कलाकारको लुक मात्र नभई अभिनय पनि हुनुपर्ने उनको भनाई थियो । नेपाली चलचित्र क्षेत्रलाई केही माथि उठाउनु आफ्नो लक्ष्य भएको उनले महत्वकांक्षी योजना सुनाए ।

चलचित्रकी अर्की नव नायिका परमिता राणा भने केही अस्वस्थ रहिछन् । उनले हामी पुग्दा आफ्नो दृश्यमा अभिनय गरिसकेकी रहिछन् । तर, पनि मेकअप उतारेकी परमिता तस्बिरकै लागि मेकअप गर्न तयार भइन् ।

सबैलाई आफ्नो नेतृत्वदायी क्षमताले बाँधेर राख्ने काम त आखिर निर्देशकले नै गर्छ । निर्देशक दीपेन्द्र के खनाल केही हतारमा थिए । केही दिन अगाडि चलचित्रको छायांकनको क्रममै विरालो खेलाउँदा उनको हातमा सोही विरालोले टोकिदिएछ । उनी रेविजको सुँई लगाउन जानुपर्छ भन्दै थिए ।

उनी कुराकानीका लागि तयार भए । ‘एउटा अलग समाज छ अहिले काठमण्डौमा । जोसँग आफ्नै स्टाइल र सोच्ने शैली छ । उच्च वर्गमा हुर्किएका यूवाहरुको कथा हो मेरो चलचित्र’, दीपेन्द्र यसरी सुनिए । उनलाई लाग्दैन, जतिबेला ‘चपली हाइट’ बनाउँदा ओभर एक्सपोज भयो भनेर कराउने चलचित्रकर्मी अब ‘चपली हाइट २’ बनाउँदा परिवर्तित भैसकेका छन् । आफू उल्टो दिसामा हिड्ने मान्छे भएको भन्दै दीपेन्द्रले तीनै जना कलाकारबाट आफू अत्यन्त प्रभावित भएको बताए ।parmita rana

बाहिर पानी परिरहेको थियो, भित्र बस्ने निर्माण यूनिटलाई यसको कुनै भेउ थिएन । बाहिरको दृश्य खिच्नु पर्ने भएपनि पानीले दिएन । यसैले भोलीपल्टको सेड्यूल तयार गर्दै निर्देशक बाहिरिए । आयुष्मान, परमिता र मरिष्का पनि भोली फेरि आफ्नो शतप्रतिशत दिने सोचका साथ बाहिरिए ।

साच्चै, यो चलचित्रबाट दीपेन्द्र र अर्जुनले पहिलेको जस्तो आलोचना र ताली दुबै पाउलान् त ? के यी ३ नयाँ अनुहारले नेपाली चलचित्र क्षेत्रको अनुहार फेर्न महत्वपूर्ण भूमिका खेल्लान् त ? ठमेलको रमझम माहोलबाट बाहिर निक्कदै गर्दा मेरो मनले आफैलाई यस्तो प्रश्न गर्‍यो ।

सुटिङ रिपोर्ट

प्रस्तुतीः विजय सुवेदी’आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment