Comments Add Comment

नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, सन्दिप लामिछाने पनि परे

२५ चैत, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा यू-१९ कप्तान राजु रिजालसहित सन्दिप लामिछाने र सुशन भारी पर्न सफल भएका छन् ।

cricket team (1)

यस्तै पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, नरेश बुढायर, शरद भेषावकर र विनोद भण्डारी टोलीमा परेका छन् । यस्तै बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी पनि छन् ।

विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डललाई बैकल्पिकमा राखिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

बन्द प्रशिक्षणमा रहेका सुवास खकुरेल, सिद्धान्त लोहनी, सुनिल धमला, मन्जित श्रेष्ठ, अभिनाश कर्ण, आरिफ शेख, प्रदिप ऐरी भने टोलीमा पर्न सकेनन् ।

नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।

यो पनि पढ्नुहोस्

नेपाल र नामिबियाबीचको खेलको टिकट विक्री सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment