Comments Add Comment

अर्चनादेखि शुभेच्छासम्म : जो नग्नता फैलाएरै चर्चित बने

sexy heroin 2072

‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्दान्त कलाकारीतामा निकै चर्चित छ । कलाको बलले चम्किन नसक्नेहरु आफूलाई गुमनाम बन्न नदिन स्क्यान्डलको सहारा लिन्छन् । सुन्दरीहरुका लागि स्क्यान्डल मच्चाउने सबैन्दा सजिलो अस्त्र हो, नग्नता ।

सुदुरपश्चिमकी किशोरी अर्चना पनेरु नग्नताकै कारण २०७२ सालभरी बदनाम बनिरहिन् । खुलेआम आफूलाई पोर्नस्टारका रुपमा चिनाउने अर्चना बदनामीमै खुशी छन् । अर्चनाकै हाराहारीमा नपुगे पनि अन्य केही युवतीहरु नग्नताको बाटोमा हिाड्न खोजेका छन् । यहाा चर्चाका लागि अश्लिलता फैलाउने चार युवतीहरुको चर्चा गरिएको छ ।
archana and raju photo
 १. अर्चना पनेरु :

फेसबुकमा आफ्ना नाङ्गा र उत्तेजक तस्विर पोष्ट गरेर चर्चामा आइन् अर्चना पनेरु । पोर्नस्टार बन्न चाहेको भन्दै केही मिडियामा अन्तरवार्ता दिएपछि उनी एकाएक सामाजिक सञ्चालदेखि चियापसलसम्म गफकी विषय बनिन् ।

उनले बोलेकी मात्रै नभएर पोर्नस्टार बन्ने अभ्याससमेत थालेकी छिन् । अर्चना र उनकी आमालाई सामाजिक संजालमा अश्लिल तस्बिर हालेको भन्दै प्रहरीले पक्राउ गर्‍यो । आइन्दा यस्तो काम नगर्ने वाचा गरेर उनीहरु छुटे । तर, त्यसयता अर्चनाका आमाछोरीको हर्कत रोकिनुको साटो झन बढेको छ ।

गत चैत्र महिना लागेसागै अर्चनाले आफ्नो चलचित्र यात्रा सुरु गरिन् । यसमा पनि विवाद उब्जियो ।

निर्देशक राजु गिरिले चलचित्र ‘जिस्म’मा उनलाई नायिका लिए । तर, चलचित्रको छायांकनस्थलबाटै अर्चना लगायत यसको निर्माण यूनिटलाई प्रहरीले समात्यो । इजाजतविना नै चलचित्र छायांकन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । निर्देशक गिरि र अर्चनालाई जसरी पनि चर्चामा आउनु थियो आए ।  पछि ‘जिस्म’को नामै बदलेर ‘अर्चना’ राखेपछि राजु गिरीले छायांकन इजाजत पाएका छन् ।

यतिमात्रै होइन, अर्चनाले आफूलाई सेक्स अफर गरेको भनेर केही निर्माता-निर्देशकको नामै किटेर अर्को लफडा मच्चाउन खोजिन् । अर्चनाले आफूहरुलाई बदनाम गर्न खोजेको भनेर ती निर्माताहरु प्रहरीसम्म पुगेको चर्चा चलेको थियो ।
jyoti-magar २. ज्योती मगरः

ज्योती खासमा लोकगायिका हुन्, तर आफ्नो मोडलिङले गर्दा यो वर्ष चर्चामा आइन् । म्युजिक भिडियोमा मोडलिङ गर्दा आम दर्शकले पचाउनै नसक्ने गरी उनले अंगप्रदर्शन गरेकी छ्न ।

‘ए ज्योती ए ज्योती देउन एकचोटी र ढाडे विरालो’ लगायतका गीतमा उनले गरेको मोडलिङ निकै विवादित बन्यो । सामाजिक संजालदेखि मिडियामा ज्योतीका बिषयमा थुप्रै नकारात्मक टिप्पणी गरिए । तर, यसले ज्योतीलाई दुखीभन्दा खुशी नै बनायो । उनलाई चर्चामा आउनु थियो, सकारात्मक होस वा नकारात्मक मतलब भएन ।

भद्दा शरीरका बाबजुद छोटाभन्दा छोटा पहिरन लगाएर अंग देखाउनै रमाइरहेकी छिन् ज्योती । देशभित्र मात्र नभएर विदेशमा आयोजना हुने कार्यक्रममा पनि अश्लिलता फैलाउन बााकी राखेकी छैनन् उनले । स्टेजमा खुलेका पहिरन लगाएर पुग्दा दर्शकको भिड त लाग्यो, तर उनलाई सुन्ने भन्दा हेर्नेको जमात धेरै थियो । यस्तो माग क्षणिक हुन्छ भन्ने उनले अझै वुझेकी छैनन् । ज्योती मगरलाई नेपाली सांगीतिक क्षेत्रका श्रोता तथा दर्शकले कलाभन्दा पनि छाला देखाउने गायिकाको रुपमा चिन्छन् ।Tirshana Budhathoki  (1)
 ३. तिर्सना बुढाथोकीः

केही म्यूजिक भिडियोमा खेलेर आफूलाई चर्चित मोडल भन्दै हिाड्ने पात्र हुन् तिर्सना वुढाथोकी । तिर्सनाको चर्चा पनि अश्लिल हर्कतका कारण नै बढि हुने गर्छ । विशेषगरी, सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्बिरहरुले भारतीय मोडल पूनम पाण्डेलाई मात गर्छ ।

तिर्सनाले मिडियामा दिएका उत्तेजक अन्र्तवार्ता, सामाजिक संजालमा फ्यानका लागि भन्दै पोष्ट गर्ने उत्तेजक तस्बिरले उनलाई बर्षभरि चर्चामा त ल्यायो तर नकारात्मक रुपमा मात्रै । यो बर्ष नै उनले भारतको नाकाबन्दीको विरुद्धमा ‘न्यूड बडी पेन्ट’ गरिन् । यसबाट आफ्नो चर्चा ह्वात्तै बढेको उनले बताउने गरेकी छिन् । तिर्सनाले यही शैली निरन्तरता दिएर आफूलाई यस क्षेत्रमा टिकाइराख्न भने कठिन छ ।
suvekhya-hot
 ४.शुभेच्छा थापाः

तस्बिर खिचाउने मामलामा नायिका शुभेच्छा थापा पनि कम छैनन् । गतबर्ष चलचित्र ‘मिस नेपाल’ को मार्केटिङका लागि माछाले आफ्नो बक्षस्थल छोपेर चर्चामा आएकी यी मोडल यो बर्ष भने खादाले आफ्नो शरीर छोपेर विवादमा मुछिइन् । शुभेच्छाले चलचित्र ‘विन्दास ३’ का लागि खिचाएको तस्बिरले अभूतपुर्व आलोचना भोग्यो । खादाको दुरुपयोग गरेको भनेर शुभेच्छालाई कारवाही गर्नुपर्ने माग समेत गरियो । तर, पछि उनले माफी मागिन् र कुरा सेलायो । आफ्नो बक्षस्थलमा नेपालको राष्ट्रिय झण्डाको ट्याटु खोपाएकी शुभेच्छा चर्चामा आउनका लागि जे पनि गर्ने अभिनेत्रीमा पर्छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment