Comments Add Comment

नयाँ अनुहारः प्रदिप र साम्राज्ञीले जगाए आशा

pradeep-sam
नयाँ अनुहारको आगमनले हरेक क्षेत्रमा नयाँ उर्जा दिन्छ, चाहे राजनीति होस चाहे चलचित्र । चलचित्र क्षेत्रमा भने नयाँ अनुहार भित्र्याउनुलाई निर्माता-निर्देशकले जोखिमपूर्ण मान्छन् । स्थापित अनुहार नदेखाउँदा चलचित्र बिकाउन गाह्रो पर्छ भन्ने उनीहरुको मान्यता हुन्छ ।

रंगीन दुनियामा आफूलाई रंगाउन चाहने युवा-युवतीको कमि छैन । तर, सबैको चाहना पुरा हुन सक्दैन । थोरैले मात्रै मौका पाउछन् र मौका पाउनेमध्ये एकाधले मात्रै मौकामा चौका हान्न सक्छन् । बाँकी आउँछन् जान्छन् । कोही त आएको र गएको पनि पत्तो हुँदैन ।

Samragyee Rajya Laxmi Shah (3)
साम्राज्ञी

यस वर्ष नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहारहरु भित्रिए । नायक र नायिकाको रुपमा उनीहरुमध्ये केहीले आफूलाई ‘लामो रेसको घोडा’ बन्न सक्ने छनक दिए भने केहीले कुनै प्रभाव छोड्न सकेनन् ।

जसले आशा जगाए

यो बर्ष नेपाली चलचित्र क्षेत्रमा आएका नयाँ नायकमध्ये प्रदिप खड्काको नाम अगाडि आउँछ । चलचित्र ‘प्रेमगीत’मा उनले गरेको अभिनयको खुलेरै तारिफ गरियो । उनी आउँदो बर्ष चम्कन सक्छन् । नायिकातर्फ ‘ड्रिम्स’ बाट साम्राज्ञी राज्यलक्ष्मी राणाले बलियो छाप छोडिन् । ड्रिम्स प्रदर्शन हुनुअघिसम्म यसलाई केवल अनमोल केसीको चलचित्र मानिएको थियो । तर चलचित्र हेरिसकेपछि साम्राज्ञीको अभिनयको धेरै तारिफ भयो । पहिलो चलचित्रमै उनले अब्बल दर्जाको अभिनय पस्किन् ।

pradeep-khadka-and-puja
प्रदिप खड्का

चलचित्र ‘रेशम फिलिली’का सह-अभिनेता कामेश्वर चौरासियाको पनि खुबै चर्चा भयो । उनको अभिनयबाट धेरै दर्शक प्रभावित बने । तर, चलचित्र चलेको भोलीपल्टै भूइचालो आएपछि यो चलचित्रलाई ठूलो आघात पर्यो । पछि भदौमा फेरि रिलिज गर्दा चलचित्रको चार्म हराइसकेको थियो । खासै चलेन ।

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट उदाएका कलाकार नाजिर हुसेन पनि अहिले व्यस्त छन् । चलचित्रमा अभिनय गर्ने अरु थुप्रै कलाकारलाई पछि पार्दै नाजिर चम्किए । त्यसो त अभय बराल, सुशिल सिटौला, स्वस्तिमा खड्का लगायतको अभिनय पनि रुचाइयो । उनीहरु सबै नयाँ हुन् ।

जसले निराश बनाए

चलचित्र प्रदर्शनअघि निकै आशा गरिएका केही कलाकार प्रदर्शनपछि फिक्का बनेका छन् । नवनायक सुशिल श्रेष्ठलाई होस्टल रिटन्र्सको निर्माण पक्षले निकै महत्व दिँदै पोष्टरमा पनि मुख्य हाइलाइट बनायो । तर, उनी चुके । फिल्म सफल भए पनि सुशीलको चर्चा खासै भएन । उनले चलचित्रमा आकर्षक ज्यान त देखाए, तर अभिनयले त्यसलाई साथ दिन सकेनन् । सोही चलचित्रकी अर्की नायिका शशी श्रेष्ठ पनि चलचित्र चलेपछि हराइन् ।

चलचित्र ‘लब सब’बाट डेब्यू गरेकी नायिका करिश्मा श्रेष्ठ पनि चलचित्र चलेपछि ओझेल परिन् । उनले प्रेमी सलोन बस्नेतसँग ‘झिल्के’ मा नि काम गरिन् । तर, त्यसबाट पनि सोचेजस्तो नतिजा पाइनन् ।

Karishma Shrestha_2
करिश्मा श्रेष्ठ

चलचित्र ‘धुन’मा नायिका बनेकी श्रेया दुलाल र ‘बागमती’ की श्रेया कार्की पनि चलचित्र प्रदर्शनपछि सुस्ताए । चलचित्र ‘सुश्री’मा निर्मात्रीसमेत बनेर नायिका बनेकी आशिका तामाङले आशा जगाउन सकिनन् । चलचित्रमा आउनु अगाडि उनलाई हलिउड नायिका एन्जेलिना जोलीसँग तुलना गरियो । प्रदर्शनपछि उनको कसैले खोजी गरेन ।

चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’बाट नायिका नीता ढुंगानाका प्रेमी आमेष भण्डारी रजतपटमा भित्रिए । तर, आफ्नो उपस्थितिलाई सार्थक बनाउन सकेनन् । चलचित्र ‘कामचोर’ कि मुख्य कलाकार काजोल खनाल चलिनन्, तर उनको एउटा हट फोटोसुट भने मिडियामा खुबै चल्यो । ‘च्याम्पियन’बाट उदाएकी मञ्जिता केसीले पनि खासै चर्चा पाइनन् । बरु उनी चलचित्रका नायक दिक्पाल कार्कीसँगको डेटिङले आक्कलझुक्कल मिडियामा आउने गरेकी छिन् । चलचित्र ‘विन्दास ३’ का मनिष कार्की हुन् या ‘अग्नी’का जीवन लिम्बु, कसैको पनि लोभलाग्दो इन्ट्री भएन ।

pal and barsha
पल र बर्षा

चलचित्र ‘नाई नभन्नु ल ४’बाट पल शाह, बर्षा राउत, आँचल शर्माले यो बर्ष चलचित्र क्षेत्रमा डेब्यू गरे । चैत्र २६ गतेबाट रिलिज भएको यो चलचित्रको व्यापार र अभिनयले यी ३ कलाकारको भविष्य निर्धारण हुनेछ । यस्तै, चलचित्र ‘रामप्यारी’बाट नायिका रेखा थापाले आफ्नी दिदीका छोरा आभाष अधिकारीलाई भित्र्याएकी छिन् । रामप्यारीको व्यापारले उनको भविष्य निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment