Comments Add Comment

केकी चलिन्, फिल्म चलेनन्

Keki-Adhikari-3

नेपालका चल्तापुर्जा नायिकाको कुरा गर्दा केकी अधिकारीको नाम एक नम्बरमा नआउला, तर अग्रपङ्तिमा आउँछ । पछिल्ला केही वर्षमा उनले थुप्रै राम्रा फिल्महरु पनि दिएकी छिन् । तर, उनका हिट फिल्मको नाम लिनुपर्‍यो भने निकै बेर सोच्नुपर्ने हुन्छ ।

२०७२ सालमा पनि केही निकै व्यस्त रहिन् । चलचित्रमा अभिनयदेखि देश-विदेशका स्टेज कार्यक्रम अनि म्युजिक भिडियोमा उनको सक्रियता लोभलाग्दो छ । यो वर्ष उनले अभिनय गरेका तीन चलचित्र रिलिज भए । तर, तीनवटै चलचित्रले सफलताको स्वाद चाख्न सकेनन् । के फिल्म निर्माताका लागि ‘अनलक्की’ नै हुन् त केकी ?

यो वर्ष केकीले अभिनय गरेका तीन चलचित्र हुन्, बाग्मती, फन्को र भाग सानी भाग । अघिल्लो दुई फिल्मको असफलतामा उनलाई जिम्मेवार ठहर्‍याउन मिल्दैन । बाग्मतीमा उनको भूमिका नाम मात्रैको थियो भने फन्को मल्टी स्टारर फिल्म थियो । तर, भाग सानी भागको असफलताले उनलाई पिरोल्नेछ । किनकी यसमा केकीको केन्द्रीय भूमिका थियो । फिल्ममा उनले भरपुर मिहिनेत पनि गरेकी छिन् । प्रचारमा पनि उनले निकै समय दिएकी थिइन् । तर दर्शकको रोजाईमा यो चलचित्र पछि पर्‍यो ।

त्यसो त नेपालमा चलचित्र असफल हुँदैमा कलाकारहरुले आत्तिइहाल्नुपर्ने अवस्था हुँदैन । यहाँ व्यवसायीक सफलताको आधारमा भन्दा पनि सक्रियता र व्यस्तताको आधारमा नायक-नायिको हैसियत मापन हुन्छ । पर्दाबाहिर पनि असल चरित्रकी भनेर चिनिएकी केकीलाई अहिलेका टप थ्री नायिका भित्रै पर्छिन् । यद्यपि व्यवसायीकताले पनि साथ दिएको खण्डमा उनको करिअरमा सुनमा सुगन्ध थपिने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment