Comments Add Comment

सरकारी अधिकारी भन्छन्- वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्यो

employment

७ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका नाममा मानव तस्करी डरलाग्दो रुपमा मौलाएको सरकारी अधिकारीहरुले बताएका छन् ।

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिकामाथि मंगलबार काठमाडौमा गरेको अन्तक्रिर्यामा सहभागी सरकारी अधिकारीहरुले म्यानपावर कम्पनीहरुमाथि नियमन र कारवाही नहुँदा मानव तस्करी मौलाएको बताएका हुन् ।

 

सरकारले केही समययता खाडी मुलुक तथा मलेसियामा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउन रोकेको छ । घरेलु कामदारका रुपमा विदेश पुगेका महिलाहरुमाथि शारीरिक तथा मानसिक यातना एवं यौनजन्य हिंसाको क्रम बढेपछि सरकारले महिला कामदार पठाउन रोक लगाको हो ।

तर, कामदार पठाउन रोक लगाइएका पनि दलालहरुले महिलाहरुलाई भारत हुँदै विदेशमा तस्करी गरिरहेको सरोकारवालाले बताए ।

परराष्ट्र मन्त्रालयबाट एमआरपी ठूलो संख्यामा जारी हुनु तर श्रम स्वीकृति लिएर विदेश जानेको संख्या भने निकै नगण्य हुनुले महिलाको तस्करी डरलाग्दो रुपमा भइरहेको सरकारी अधिकारीहरुको दाबी छ ।

उनीहरुले तस्करी नियन्त्रणका लागि दोषीमाथिको सजायँ र जरिवाना बढाइनुपर्ने बताएका छन् । प्रहरी  वरिष्ठ उपरीक्षक खनालले तस्करी नियन्त्रणका लागि कानूनमा कडा सजायँको व्यवस्थासहित म्यानपावर कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने र सरोकारवाला निकायको संयुक्त संयन्त्र बनाइनुपर्ने बताए ।

मानव तस्करी नियन्त्रणका लागि वैदेशिक रोजगार सम्बन्धी ऐन र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरेर ती दुवै ऐनमा सजायँको मात्रा बढाइनुपर्ने सरकारी अधिकारीको भनाइ छ । यी दुवै ऐन अहिले संशाधनको क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment