Comments Add Comment

अमेरिकी संयुक्त लगानीमा क्रेडिट रेटिङ खोल्न धितोपत्र बोर्डमा आवेदन

dun९ वैशाख, काठमाडौं । नेपाल क्रेडिट रेटिङ एजेन्सीले बिहीबार धितोपत्र बोर्डमा आवेदन दिएको छ । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी डन एण्ड ड्राबस्टिट्रको संयुक्त लगानीमा अर्को क्रेडिट रेटिङ एजेन्सी खोल्न आवेदन दिइएको हो ।

नयाँ क्रेडिट रेटिङ एजेन्सि स्थापनाका गर्न सैद्दान्तिक सहमतिका लागि आवेदन दिएको चाडर्ट एकाउन्टेन्टसमेत रहेका पूर्वबैंकर अनलराज भट्टराईले बताए ।

‘नेपालमा क्रेटिड रेडिङको ठूलो स्कोप छ,’ उनले भने- ‘राष्ट्र बैंकले बासल ३ लागू गर्न पनि एक्ट्रनल क्रेडिट एजेन्सीको टड्कारो आवश्कता छ ।’

आफूहरुले स्थापना गर्न लागेकाो एजेन्सीले संस्थाहरुको मात्रै नभई व्यक्तिको पनि विभिन्न रेटिङ गरी उनीहरुको वास्तविक अवस्था देखाउँदै सुझाबसमेत दिने उनले बताए ।

२०० देशमा सेवा दिँदै आएको न्यूयोर्क स्टक एस्चजेन्टमा सूचीकृत अमेरिकी कम्पनीको संयुक्त लगानीमा नेपालमा स्थापना गर्न प्रस्ताब गरिएको अमेरिकी कम्पनीको ६० प्रतिशत लगानी रहने भट्टराईले जानकारी दिए ।  बाँकी २४ प्रतिशत वाणिज्य बैंकहरुको र १६ प्रतिशत व्यवस्थापनको हुने छ । कम्पनीको व्यवस्थापन भट्टराईले सम्हाल्ने छन्

आगामी दशैंदेखि कम्पनी सञ्चालन गर्ने लक्ष्य रहेको उने बताए । ‘सैद्दान्तिक सहमति पाएपछि कार्यालय स्थापना तथा कर्मचारी भर्नाको काम गरिने छ,’ उनले भने ।

हाल एउटामात्रै क्रेडिट रेटिङ एजेन्सी छ । इक्रा नेपालका नामबाट सञ्चालनमा भइरहेको सो कम्पनीले बैंक तथा वित्तीय संस्था तथा सेयरको सार्वजनिक निस्कासन गर्ने कम्पनीको रेटिङ गर्दै आएको छ ।

नेपालको व्यापारीहरुका लागि यो कम्पनीले यहाँको प्यान नम्बर जस्तै डन्स नम्बर दिन्छ । उस्ले आफ्नो डन्स नम्बर दएखाले सीधै विदेशमा निर्यात बढाउन सकिने उनले बताए ।

अमेरिकी कम्पनीको संयुक्त लगानीमा स्थापना हुने नयाँ क्रेडिट रेटिङ एजेन्सीले कम्पनी तथा व्यक्तिहरुको रेटिङका साथै वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम तथा अनुसन्धानको काम गर्ने उनले सुनाए ।

सन् १९९५ मा भारतको चार्टड एकाउन्टेन्सि इन्टीच्यूट अफ अफ इन्डियाकाट चाटर्ड एकाउन्टेन्सीसम्बन्धी अध्ययन पूरा गरेका भट्टराई कुशल व्यवस्थापकको रुपमा स्थापित व्यक्ति हुन् ।

उनले नेपाल बैंकमा चिफ म्यानेजर, तत्कालीन सानिमाको विकास बैंक क्लिन इनर्जी डेभलपमेन्ट बैंक र तत्कालीन कमर्ज एण्ड ट्रष्ट बैंकको सीइओ भएर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment