Comments Add Comment

भूकम्पको बीमाः साढे १७ अर्ब दाबी, ११ अर्ब भुक्तानी

कुन बीमा कम्पनीले भुकम्पको कति दाबी भुक्तानी गरे ? (सूचिसहित)

earth-quake-@balaju
१० वैशाख, काठमाडौं । बीमा भनेको संकटको सहारा हो, त्यसैले भविष्यमा आइपर्ने संकटको न्यूनिकरण गर्न बीमा गर्ने गरिन्छ । तर, बिनासकारी भूकम्प गएको वर्षदिन वित्दा पनि १ हजारभन्दा बढी भूकम्प पीडित बीमितले अझै झुक्तानी पाएका छैनन् ।

यसले भूकम्पले क्षति भएका संरचनाहरुको बीमा दाबी भुक्तानीमा ढिलाइ भएको देखाउँछ । नियामक बीमा समितिले भूकम्पसँग सम्बन्धित बीमा दाबीको भुक्तानी ‘फास्ट ट्रयाक’ बाट गर्ने भनेपनि हालसम्म सबै पीडितले भुक्तानी पाउन सकेका छैनन् ।

समितिका अनुसार गत वैशाखमा गएको बिनासकारी भूकम्पसँग सम्बन्धीत दाबीहरुमध्ये ९२ प्रतिशत दाबीको भुक्तानी भइसकेको छ । भूकम्प पीडित बीमितहरुले १७ अर्ब ६५ करोड रुपैयाँ भुक्तानीका लागि दाबी गरेका थिए । जसमध्ये ५९ प्रतिशत अर्थात ११ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार भूकम्पसँग सम्बन्धित साढे १७ हजार दाबी परेका थिए । बीमा समितिसहितकेा छानविन समितिले १२ हजार दाबी मात्रै भुक्तानीका लागि योग्य ठहर गरेको थियो । भुक्तानीका लागि योग्य १२ हजार दाबीमध्ये ९२ प्रतिशत अर्थात् करिब ११ हजारभन्दा बढी दाबीको भुक्तानी भएको हो ।

समिति र बीमक दुबै भन्छन्- यो सन्तोषजनक हो

बीमा समिति र बीमा कम्पनीहरु भने भूकम्पको दाबी भुक्तानी सन्तोषजनक भएको बताउँछन् । ‘बीमा कम्पनीहरुले अहिलेसम्म भूकम्पसँग सम्बन्धित जे जति दाबी भुक्तानी दिएका छन्, त्यो सन्तोषजनक नै छ,’ समितिका निर्देशक श्रीमान कार्कीले अनलाइनखबरसँग भने ।

प्रक्रियागतरुपमा समय लाग्ने भएकाले केही ढिलाईजस्तो देखिए पनि यो प्रगतिमा सन्तोष गर्न मिल्ने उनले बताए । ठूलो दाबीको सबै रकम भुक्तानी भइनसकेको तर ससाना दाबी भने अधिकांस भुक्तानी भइसकेको कार्कीको भनाई थियो ।

‘हामीले पीडितहरुलाई बीमा कम्पनीले दाबी भुक्तानी दिन ढिलाई गरे भने उजुरी गर्नुहोस् भनेका थियौं,’ उनले भने -‘अहिलेसम्म खासै ठूलो संख्यामा त्यस्तो उजुरी आएको छैन ।’
वास्तबिक क्षतिभन्दा बढी रमको दाबी गर्ने प्रबृत्तिका कारण पनि दाबी भुक्तानीमा ढिलाइ भएको युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले जानकारी दिए ।

‘अहिलेसम्म भएको दाबीको भुक्तानी सन्तोषजनक छ,’ सीइओ बरालले भने । ठूलो रकमको पूरै भुक्तनी भइनसकेकाले रकममा भने कम मात्रै भुक्तानी देखिएको उनको भनाई छ ।

‘मेरै कम्पनीको कुरा गर्नुहुन्छ भने भूकम्पसँग सम्बन्धित ७ सय दाबी परेका थिए, अब १०/१२ मात्रै दाबीको भुक्तानी हुन बाँकी छ । तर ती ठूला छन्, जसले गर्दा रकममा कम भुक्तानी भएको देखिन्छ,’ उनले भने ।

०७३ बैशाख ९ गतेसम्म बीमा कम्पनीहरुले गरेको दाबी भुक्तानीको अवस्था (प्रतिशतमा)

बीमा कम्पनी संख्यामा रकममा
नेपाल इन्सोरेन्स ८५.७० ८२.४१
दि ओरियन्टल इन्स्योरेन्स ८२.२० ४७.७२
नेशनल इन्स्योरेन्स ८४.६६ ३३.७५
हिमालयन जनरल इन्स्योरेन्स ८०.७४ ६५.९०
युनाइटेड इन्स्योरेन्स ९८.३८ ३९.२६
पि्रमियर इन्स्योरेन्स ७८.९१ ५०.१९
एभरेष्ट इन्स्योरेन्स ९०.८० २८.४३
नेको इन्स्योरेन्स १२५.८५ ७५.२६
सगरमाथा इन्स्योरेन्स ७९.६४ ७७.८१
प्रभु इन्स्योरेन्स ७२.८९ ३०.६७
प्रुडेन्सियल इन्स्योरेन्स
शिखर इन्स्योरेन्स १३३.३३ ६९.२४
लुम्बीनी जनरल इन्स्योरेन्स ९१.९१ ८६.७१
एनएलजी इन्स्योरेन्स ९५.६८ ७१.७२
एनएलजी इन्स्योरेन्स ८५.२२ ४२.५८
सिद्दार्थ इनस्योरेन्स ९३.२३ ५१.८९
राष्ट्रिय बीमा कम्पनी ६२.४१ ३१.४४
कूल ९२.१३ ५९.०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment