Comments Add Comment

गरिमा विकास बैंक र सुभेच्छा विकास बैंक गाभिने

१० वैशाख, काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक र चितवनमा प्रधान कार्यालय रहेको सुभेच्छा विकास बैंक एकआपसमा गाभिने भएका छन् ।

garima-bikas-bankगाभिने सहमतिपत्रमा गरिमा विकास बैंककाअध्यक्ष दिलिपप्रताप खाँण र सुभेच्छा विकास बैंकका अध्यक्ष डा आनन्द श्रेष्ठले हस्ताक्षर गरेका हुन् । गरिमा विकास बैंक लिमिटेड ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक हो भने सुभेच्छा विकास बैंक ३ जिल्ला कार्यक्षेत्र रहेको ‘ख’ वर्गको विकास बैंक हो ।

हाल गरिमा विकास बैंक लिमिटेडको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैयाँ र सुभेच्छा विकास बैंक लिमिटेडको चुक्ता पूँजी जारी हकप्रद शेयर समेत २२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

गाभिएपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८ करोड ५ लाख पुग्ने बताइएको छ । गाभिएपछि बैकको नाम गरिमा विकास बैंक नै रहनेछ भने अध्यक्षमा गरिमाका दिलिपप्रताप खाँण र प्रमुख कार्यकारी अधिकृतमा गरिमाकै गोबिन्द ढकाल रहेछन् । सुभेच्छा विकास बैंकको तर्फबाट एक जना संचालक रहने सहमती भएको जनाइएको छ ।

गाभिए पछि बैंकको ३१ वटा शाखा कार्यालय हुने र निकट भबिस्यमै गरिमा बिकास बैकले थप ४ शाखा बिस्तार गर्ने गरिमा विकास बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment