Comments Add Comment

गजल: लफङ्गो

कुन मोडमा पुगेँ म, अगाडि बाटो जाम भयो

यो जीबन, ठेगाना बिनाको बन्द खाम भयो ।

DB-Dangaliल पल दोहोर्याइ पढ्छु सम्झनाका हरफहरु

आँशुले मन पखालेर जिउन पनि बदनाम भयो ।

बाँड्यौ र पो सपनाका बिटाहरु, हृदयमा सजायँ

आज जूनकै उज्यालो पनि किन चर्को घाम भयो ।

आगोले होइन, तिमी बिना यो दिल जलेको छ आज

त्यही राम फेरि कसरी हराम भयो । 

आजकाल जिउनकै लागि पिउने बानि परेर

यो डी.बी.दंगालीको लफङ्गो उपनाम भयो ।                                                           –

– डी.बी. दंगाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment