Comments Add Comment

बिहेमा पटका पड्काउँदा ३२ लाख जरिवाना !

pataka 1बिहे जस्ता खुसियाली समारोहमा पटका पड्काउनु सामान्य कुरा हो । हुनत कहिलेकाहीँ पटका पड्काउँदा दुर्घटना समेत हुने गर्दछ ।

त्यसैले हामीकहाँ पनि पटका पड्काउने कुरामा कडाइ गरिएको हुन्छ । तर कडाइको पनि हद हुन्छ । पटकामाथि कडाइको मामिलामा सरकार यो हदसम्म गएको कुरा चाहीँ अलिक अनौठो नै हो ।

पाकिस्तानको पन्जाब प्रान्तमा अबदेखि बिहेमा पटका पड्काउने वा आतिसवाजी गर्न पाइनेछैन । बिहेमा पटका पड्काएमा झण्डै ३२ लाख रुपैयाँ बराबर जरिवाना तिराइनेछ ।

बिहेमा पटका पड्काउन मात्र होइन दाइजोमा पनि पूर्ण रुपमा बन्देज लगाइएको छ । पन्जाब प्रान्तीय सरकारले ल्याएको नयाँ बिहे नियम अनुसार कानून नमान्नेलाई थप जरिवाना तथा जेल सजाय समेत हुनेछ ।

नयाँ नियम अनुसार अबदेखि बिहे भोजमा एकभन्दा बढि पक्वान समेत बनाउन पाइने छैन । पन्जाब विधानसभाले हालै यो कानूनलाई पारित गरिसकेको छ ।

बिहे समारोहमा ठूलो आवाज निकालेर गित बजाउँदै छिमेकीलाई डिस्टर्ब गर्नु पनि अपराध मानिनेछ । त्यस्तै बिहेको पूरै समारोह राति १० बजे अगावै सक्नुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment