Comments Add Comment

सावधान ! एप डाउनलोड गर्दा पनि मोबाइलमा भाइरस छिर्न सक्छ

app_ downloadगुगल प्लेस्टोरमा केही त्यस्ता एपहरु हुन्छन् जुन स्मार्टफोन तथा ट्याबलेटको लागि खतरनाक सावित हुनसक्छन् ।

प्लेस्टोरमा कतिपय यस्ता एपहरु पनि हुन्छन् जो गुगलको सेक्योरिटी सिस्टमबाट उम्किएर एन्ड्रोइड फोनमा डाउनलोड हुन्छन् ।

ट्रोजन यस्तो एक भाइरस हो जसलाई यस्ता मानिसहरुप्रति लक्षित गरेर बनाइएको हुन्छ जो पोर्न भिडियो हेर्नका लागि जहाँपनि क्लिक गर्न तयार हुन्छन् ।

अनलाइन सेक्योरिटी वेबसाइटका अनुसार सन् २०१५ को फेब्रुअरी देखि यता १ वर्ष भित्रमा यस्ता पोर्न सामाग्रीका लिंक जस्ता देखिने भाइरसयुक्त विज्ञापन देखापरेका छन् ।

एन्ड्रोइडमा यस्ता पोर्न क्लिकर विज्ञापनहरु सबैभन्दा बढि सफल देखिएका छन् ।

टेम्पल रन, टकिंग टम, सबवे सर्फर जस्ता लोकपि्रय एपहरुजस्तै नक्कली तथा भाइरसयुक्त एपहरु बनाएर गुगल प्लेस्टोरमा हाली प्रयोगकर्तालाई चक्मा दिन सफल भएका छन् ह्याकरहरु । यस्ता एपहरु एकपटक स्मार्टफोनमा डाउनलोड भैसकेपछि आफ्नो फोनमा ट्रोजन भाइरस पनि छिरेको हुन्छ भन्ने पत्तो नै पाइँदैन ।

यो भाइरसले अनलाइनमा विभिन्न विज्ञापनमा आफै क्लिक गर्दछ जसबाट विज्ञापनदाताले पैसा कमाएका हुन्छ भने स्मार्टफोनमा भाइरस फैलिरहेको हुन्छ ।

त्यसैले आफ्नोे स्मार्टफोन तथा ट्याब्लेटलाई भाइरसबाट बचाउनका लागि एप डाउनलोड गर्दा होसियारी अपनाउनुपर्छ । गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्नुअघि त्यसको बारेमा रिभ्यू अवश्य पढ्नुपर्छ, ता की त्यो नक्कली तथा मालवेयर नहोस् ।

यदि उक्त एपमा बारेमा प्रयोगकर्ताहरुले असन्तुष्टि जाहेर गरेका छन् वा नकारात्मक कुरा गरेका छन् भने त्यसलाई डाउनलोड गर्नु हुँदैन ।

चर्चित एपको नाम दिइएको कुनै एप छ भने त्यो एप बनाउने कम्पनी आधिकारिक हो की होइन भन्ने जान्नुपर्छ । त्यस्तै उक्त एप डाउनलोड भएको संख्या हेरेर पनि त्यो आधिकारिक भए नभएको शंका हटाउन सकिन्छ ।

कतिपय एपहरु केवल खरीद गर्नुपर्ने वा सशुल्क भर्सन मात्र हुन्छन् । यस्ता एपहरु एक्कासी निशुल्क भर्सनमा देखिएभने हौसिएर डाउनलोड गरिहाल्नु हुँदैन ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment