Comments Add Comment

ढाकामा समलैंगिक पत्रिकाका सम्पादकको हत्या

ढाका । बंगलादेशको समलैंगिक पत्रिकाका वरिष्ठ सम्पादक जुलहास मान्ननको हत्या भएको छ । राजधानी ढाकाको एक अपार्टमेन्टमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको हो ।

bangladesh_lgbt_editor_hacked_to_death_other_nocreditमान्नन समलिंगीहरुको पत्रिका ‘रुपबान’को सम्पादक थिए । उनी अमेरिकी विकास एजेन्सी युएसएडका लागि पनि काम गर्दथे ।

रुपबान बंगालदेशको पहिलो समलैंगिक पत्रिका हो ।

गत हप्ता यसैगरी राजशाही विश्वविद्यालयका एक प्रोफेसरको पनि हत्या भएको थियो । बंगलादेशमा ब्लगरहरुको हत्या पनि हुँदै आएको छ । यसको पछाडि इस्लामी कट्टरपन्थीको हात रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment