Comments Add Comment

आइफोन बनाउने चिनियाँ कम्पनीः १० लाख कामदार, ९ करोड फोन, १७ आत्महत्या

china worker_iphoneचीनका फक्सकोन र पेगाट्रोन ग्रुप नामक कम्पनीले आइफोन तथा आइप्याड एसेम्बल गरेर तयार पार्ने गर्दछन् ।  चीनका यी कम्पनीहरुले निकै कम पारिश्रमिक दिएर ज्यालादारीमा कामदारहरु भर्ना गर्ने गरेका छन् ।

एप्पलका ग्याजेट बनाउने कामदारहरुले हप्तामा ६६ घण्टाभन्दा बढि काम गर्दछन् । जबकी चीनमा काम गर्ने अधिकतम समय भनेको हप्तामा ४९ घण्टा मात्र हो ।

चीनको एक गैरसरकारी संस्था लेवर वाचले चिनिया कम्पनीहरुले कामदारको पारिश्रमिकका बारेमा झुटा कागजात बनाएर पेश गर्ने गरेको खुलासा गरेको छ ।

आइफोन फ्याक्ट्रीको नामले चिनिने फक्सकन कम्पनीमा पछिल्लो पाँच वर्षमा १७ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये ९ जनाले त सन् २०१० मै आत्महत्या गरेका थिए ।

उनीहरुले कम्पनीको भवनको माथिल्लो तलाबाट हाफ फालेर आत्महत्या गरेसँगै कम्पनीले भवनमा तारबार गरेको थियो । तथ्यांक अनुसार उक्त कम्पनीमा १० लाख कामदार रहेका छन् । गत वर्षमात्रै यो कम्पनीले एप्पलका ९ करोड आइफोन बनाएको थियो ।

सन् २०१३ मा लन्च भएको आइफोन फाइभ एसमा काम गर्ने कामदार दैनिक ३ लाख थिए । सातै दिन, २४ सै घण्टा चलिरहने यो कारखानाले दिनाम ३ लाख गोटासम्म आइफोन उत्पादन गर्ने गर्दछ ।

उक्त कम्पनीमा बिहान ८ बजेको मिटिंगसँगै कामदारको काम सुरु हुन्छ, जहाँ उनीहरुलाई समानता, अनुशासन, एकता, सर्वोत्कृष्टता तथा कडा परिश्रम जस्ता नारा भट्याउन लगाइन्छ । दिनमा ३ पटक यस्तो बैठक तथा नारा भट्टाउने काम हुन्छ ।

दिनहुँ १२ घण्टा काम गर्नुपर्ने हुन्छ र कामका दौरान आपसमा कुराकानी गर्न, आफ्नो ठाउँबाट उठ्न, मोबाइल चलाउन वा कार्यस्थलमा पानी पिउन समेत मनाही छ ।

आइफोन तथा आइप्याडको ब्याक कभर जोड्ने कामदारले हरेक एक मिनेटमा एउटा ब्याक कभर जोडेकै हुनुपर्छ ।

बाथरुम जानका लागि समेत समूह नेतालाई सोध्नुपर्दछ । हरेक दिन १२ बजे लन्च ब्रेक हुन्छ र लन्चमा हरेक कामदारले ८० देखि डेढ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ ।

लेवर वाचका अनुसार आइफोन बनाउने कामदारहरु बस्ने होस्टेलमा हरेक १२ जना कामदार एउटै कोठामा बस्नुपर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment