Comments Add Comment

सकिएकै हो त शाहरुखको स्टारडम ?

Sharukhमुम्बई । बलिउड बादशाह शाहरुख खानको फिल्म ‘फ्यान’ले पहिलो हप्ता जम्मा ७० करोड ब्यापार गर्‍यो । यो फिल्मवाट शाहरुख निकै आशावादी थिए । तर, बक्स अफिसमा फिल्मले अपेक्षा अनुरुप ब्यापार गर्न सकेन ।

यसराज फिल्मसको ब्यानरमा निर्मित मनिष शर्मा निर्देशित फिल्म १५ अपि्रलमा रिलिज भएको थियो । यस फिल्ममा शाहरुखको दोहोरो भुमिका निर्वाह गरेका छन् ।

बलिउड टे्रड एनलिस्ट कोमल नाहटाको भनाई अनुसार फ्यानले राम्रो नतिजा दिन नसक्नुको कारण दर्शकलाई फ्यान मन नपर्नु हो । फिल्मको पहिलो हाफ राम्रो भएपनि दोस्रो हाफ कमजोर छ भन्नेहरु धेरै छन् । उनले यो पनि भने ‘शाहरुखको स्टारडम क्रमशः कमाजोर हुँदै गएको प्रस्टिन्छ ।’

फिल्मका कमजोरीका वारेमा दर्शकले कुरा गरेपनि शाहरुखका कमजोरीका वारेमा दर्शकले टिप्पणी नगरेकाले शाहरुख डराईहाल्न पर्ने स्थिती भने नरहेको नाहटाको भनाई छ ।

अर्का टे्रड एनालिष्ट गिरीश जौहरले ट्वीट गर्दै भनेका छन् ‘फिल्ममा शाहरुखको प्रस्तुति राम्रो भए पनि विषय कमजोर थियो । त्यसकारण दर्शकले मन पराएनन् ।’

घट्दैछ शाहरुखको फिल्मको कलेक्सन

शाहरुखको फिल्मले पहिलो हप्तामा एक सय करोड, दोस्रोमा एकसय पचास हुँदै दुईसय करोड कमाई गर्ने अपेक्षा हुन्थ्यो । आमिर खानको ‘पीके’ले ३४० र सलमान खानको ‘बजरंगी भाईजान’ले ३२० करोड कमाई गरेको थियो । ‘चेन्नेई एक्सप्रेश’ शाहरुखको सबै भन्दा धेरै कलेक्सन गर्ने फिल्म हो भने पछिल्लो फिल्मले कमजोर ब्यापार गर्दै गएको छ । तर उक्त फिल्मको कमाई पीके र बजरंगी भाईजानको भन्दा थोरै छ ।

सन २०१३ को इदमा रिलीज भएको ‘चेन्नेई एक्सप्रेश’ले २२७ करोड कमाई गरेको थियो । सन २०१४ को दिवालीमा प्रदर्शन भएको ‘ह्याप्पी न्यु ईयर’ले जम्मा २०३ करोड कलेक्सन गरेको थियो । गएको वर्ष क्रिशमसको अवसरमा प्रदर्शन गरिएको ‘दिलवाले’ जम्मा १४८ करोड कलेक्सन गरेको थियो ।

Sharukh Khan (20)

शाहरुखले फ्यानको प्रमोशनको क्रममा भनेका थिए फिल्मको सफलता बक्स अफिसको आँकडले मापन हुँदैन । फ्यान रिलिज हुुनु अघि शाहरुखमाथी राम्रै दवाव परेको थियो ।

फ्यानको प्रचार प्रशारमा शाहरुख माथी राम्रै दवाव परेको थियो । केही शहरमा फ्यानको स्पेशल शो राखिएको थियो भने शाहरुख आफैंले केही फ्यानकै सन्दर्भमा रिट्वीट पनि गरे । शाहरुखले पहिलो पटक फेशबुक र ट्वीटरमा भिडियो पोष्ट गर्दै फिल्म हेर्न आग्रह गरे दर्शकलाई ।

रइसको कारण शाहरुखलाई संकट

नयाँ फिल्म ‘रइस’ रिलिजताक शाहरुखले अर्को संकटको सामना गर्नुपर्ने भएको छ । आफ्नै प्रोडक्सन हाउसवाट बनेको यस फिल्मको प्रदर्शन मिति शाहरुखले तोकिसेका छन् ।

सोही मितिमा सलमान अभिनित सुल्तान पनि प्रदर्शन हुने भएको छ । दुबै फिल्म एउटै मितिमा रिलिज भयो र शाहरुखको फिल्मको भन्दा सलमानको फिल्मको ब्यापार धेरै भयो भने शाहरुखको आलोचना गर्नेहरुलाई बल पुग्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment