Comments Add Comment

सेनामा २२ सय पदमा जागिर खुल्यो, सिपाहीदेखि ड्राइभरसम्म माग

nepal-army-nepali-sena
१५ वैशाख, काठमाडौं । नेपाली सेनामा २२ सय भन्दा बढी पदमा भर्ना खुलेको छ । बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।

सेनाले  सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार २ सय १४ पदमा दरखास्त मागेको हो । जंगी अड्डा अन्तरगत मात्र विभिन्न ४ सय ४२ पदमा दरखास्त आह्वान गरिएको छ ।

विभिन्न पदका लागि छुट्टा-छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदनमा १५७५ जना माग गरेको छ । यस्तै अमल्दार बन्दोबस्ती कार्य सिपाही, कुचिकार, ड्राइभर, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी, सयस लगायत पदमा पनि सेनामा जागिर खुलेको छ ।

यी पदमाहरु आवदेन दिन जेठ १३ गतेसम्मको सीमा दिइएको छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुस्

senako-suchana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment