Comments Add Comment

महिन्द्राले ल्यायो स्कारपियोको एडभेञ्चर भर्सन

Mahindra-Scarpio-New-Aditio

नयाँ दिल्ली । भारतीय मोटर्स निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आफ्नो लोकपि्रय एसयुवी स्कारपियो गाडीको स्पेशल भर्सन सार्वजनिक गरेको छ । महिन्द्रा स्कारपियो एडभेञ्चर एडिसनको मूल्य भारतीय बजारमा १३ लाख ६२ हजार भारु तोकिएको छ ।

महिन्द्रा स्कारपियो नेपाली बजारमा पनि लोकपि्रय रहेको छ । यो स्पेशल एडभेञ्चर एडिसनमा पहिला भन्दा धेरै सुविधाहरु उपलब्ध गराइएको छ । स्कारपियोमा एभेञ्चर रुप दिनका लागि नयाँ फिचर्स समेत स्टाइलिस बनाइएको छ ।

महिन्द्राले स्पेशल एडिसन केवल एक हजार थानमात्र उत्पादन गर्ने जनाएको छ ।

महिन्द्रा स्कारपियो एडभेञ्चर एडिसनको बाहिरी बनाव आकर्षक बनाइएको छ । साथै, इन्टेरियर डिजाइनले पनि विलासी अनुभव दिलाउने छ । यसमा लेदर सिट, लेदरले बेरिएको स्टेरिङ, रियर भ्यू क्यामेरा, ड्यासबोर्डमा एडभेञ्चर बेजिङ लगायत रहेका छन् ।

एडभेञ्चर एडिसन टु हृवील र फोर हृवील दुबै भर्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment