Comments Add Comment

‘भूकम्प र नाकाबन्दीलाई टर्निङ प्वाइन्ट बनाउनुपर्छ’

एनएमबी बैंकको आत्मनिर्भर नेपाल अभियान सुरु

भारतीय नाकाबन्दीका कारण आपूर्ति ठप्प भएपछि नेपाल आत्मनिर्भर बन्नुपर्छ भन्ने बहस चर्किएको छ । सरकारले पनि आत्मनिर्भर बन्ने नारा फलाक्दै हिँडिरहेको छ । तर, चिया गफ र भाषणले मात्रै देश आत्मनिर्भर बन्न सक्दैन ।

यसैबीच, आत्मनिर्भरताको सकारात्मक उर्जालाई उपयोग गर्न एनएमबी बैंकले ‘आत्मनिर्भर नेपाल’ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत ठूला परियोजनादेखि साना उद्योगसम्म लगानी गर्ने बैंकको योजना छ । आत्मनिर्भर अभियान, बैंकको अवस्था र भोलिका योजनाका बारेमा अनलाइनखबरकर्मी नविन अर्यालले डेपुटी प्रमुख कार्यकारी अधिकृत सुनिल केसीसँग गरेको कुराकानी :

Sunik kc, NMB CEO (6)

एनएमबि बैंकले ‘आत्मनिर्भर नेपाल’ नामक कर्पोरेट क्याम्पेन सुरु गरेको छ । यसबारे बुझाइदिनुस न ?

भारतीय नाकाबन्दीले नेपालीलाई आत्मनिर्भरताको पाठ सिकाएको छ । आत्मनिर्भर बन्नका लागि सबैभन्दा पहिला लगानी बढाउनुपर्छ । हामी २०७३ लाई सफल वर्ष बनाउन चाहन्छौं । त्यसैका लागि एनएमबि बैंकले आत्मनिर्भर अभियान अगाडि सारेको हो ।

भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरपछि उब्जेको आत्मनिर्भरताको सकारात्मक उर्जालाई प्रचार-प्रसार गर्नु अभियानको लक्ष्य हो । मुलुकलाई आत्मनिर्भर बनाउन वित्तीय क्षेत्रको ठूलो भूमिका हुन्छ । त्यही भएर हामी अभियानका साथ अगाडि बढेका छौं । हामी विभिन्न परियोजनामा लगानी बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन चाहन्छौं ।

एनएमबि बैंक उर्जा क्षेत्रमा प्रमुख लगानीकर्ता बन्दै आइरहेको छ  । ३२/३३ जलविद्युत परियोजनामा हाम्रो लगानी छ । सोलारलगायत वैकल्पिक उर्जामा पनि लगानी गरेका छौं । मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।

एशियाली विकास बैंकले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । सरकारले पनि २ प्रतिशतभन्दा बढी वृद्धि हुन सक्दैन भनिरहेको छ । यस्तो बेलामा दीगो विकासका लागि सबैभन्दा पहिला उर्जा क्षेत्रको विकास गर्नुपर्छ । सरकारले उर्जा संकटकाल घोषणा गरिसकेको छ । हामी उर्जामा लगानी बढाउछौं भन्ने सन्देश दिन खोजिरहेका छौं ।

नेपालको आर्थिक विकासका लागि पर्यटन पनि महत्वपूर्ण हुन्छ । पर्यटनमा पनि हामीले लगानी बढाइरहेका छौं । अहिले निर्माणाधिन विभिन्न होटलमा हामीले लगानी गरेका छौं । साथै, साना तथा मझौला उद्योग व्यवसायमा पनि हामी फोकस गरिरहेका छौं । पूर्वाधार विकासका क्षेत्रमा पनि हाम्रो लगानी केन्द्रीत भइरहेको छ ।

यसले मुलुकमा दीगो आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने विश्वास छ । अबको १० वर्षपछि फर्किएर हेर्दा भूकम्प र नाकाबन्दी नेपालको विकासका लागि टर्निङ प्वाइन्ट थियो, भन्ने बनाउन चाहन्छौं । यही लक्ष्यप्राप्तिका लागि सुरुवातको रुपमा आत्मनिर्भर क्याम्पेन अगाडि बढाउन खोजेका हौं ।

क्याम्पियन अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन अब एनएमबि बैंक कसरी अगाडि बढ्छ ?

जनताको आर्थिक अवस्था सुधार्न सबैभन्दा पहिला मुलुकमा आर्थिक उन्नती हुनुपर्छ । जबसम्म मुलुकमा आर्थिक विकास हुँदैन, अत्यावश्यक वस्तुहरुमा आत्मनिर्भर बन्न सकिदैन, तबसम्म जनताको जीवनस्तर सुध्रिंदैन । नेपालको आर्थिक समृद्धिका लागि हाइड्रो र सोलार उर्जाको विकासमा हामी फाइनान्सिङ गर्छौं । जलविद्युतका ठूला परियोजना निर्माणमा सहयोग पुर्‍याउँछौं ।Sunik kc, NMB CEO (4)

उर्जा क्षेत्रको विकास हुने वित्तिकै मुलुकको आर्थिक क्षेत्र चलायमान हुन थाल्छ । प्रशस्त मात्रामा उर्जा भयो भने उत्पादन र विकास निर्माणका गतिविधीहरु अगाडि बढाउन सकिन्छ । मुलुकमा औद्योगिक विकास हुन्छ, विदेशी लगानी आउन सुरु हुन्छ । ठूला उद्योगहरु चलाउन धेरै उर्जाको आवश्यकता पर्छ ।

हामीले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सिमेन्ट उद्योगमा लगानी बढाइरहेका छौं । केही ठूलो लगानीका सिमेन्ट उद्योगमा लिडिङ प्लेयरका रुपमा काम गर्दै छौं । यी क्षेत्रमा लगानी बढेपछि अर्थतन्त्रले गति लिने छ । अर्थतन्त्र चलायमान हुने वित्तिकै अवसर बढिहाल्छन् । तल्लो तहसम्म उद्यमशीलता र रोजगारी सृजना हुन्छ ।

हामीले ठूला परियोजनामा मात्र होइन, साना तथा मझौला उद्यम व्यवसायलाई पनि प्राथमिकतामा राखेका छौं । व्यक्तिलाई पनि ऋण दिएर उद्यमशील बनाउने हाम्रो योजना छ । कृषि, साना तथा मझौला उद्योग व्यवसायको विस्तारमा हामी लाग्छौं ।

अहिले मुलुकले ठूलो व्यापार घाटा ब्यहोर्दैै आएको छ । हाम्रो उद्देश्य आयात प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाएर निर्यात बढाउने खालका उद्योगमा लगानी गर्ने रहेको छ । ठूला परियोजनादेखि साना तथा मझौला उद्योगसम्म लगानी गरेपछि मुलुक आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नेछ ।

नेपालको अर्को आर्थिक मेरुदण्ड हो, पर्यटन । आर्थिक समृद्धिका लागि हामीले पर्यटन विकासमा जोड दिनैपर्छ । त्यसलाई चाहिने पुँजी जुटाउने काममा हामी लागिपरेका छौं । हामी व्यक्तिगत रुपमा उद्यमशील बन्न चाहने वर्गलाई विभिन्न किसिमका कर्जा र सुविधाहरु उपलब्ध गराउँछौं । यसले हाम्रो अभियानलाई सार्थकता पनि दिने छ ।

ठूला परियोजना बनाउनका लागि ठूलो लगानी आवश्यक पर्छ । अहिलेसम्म ठूलो परियोजनामा एउटै बैंकले लगानी गर्न सक्ने अवस्था बनिसकेको छैन । यस्तो बेलामा ठूलो लगानी कसरी जुटाउनुहुन्छ ? साथै, एसएमई क्षेत्रमा कसरी ऋण प्रवाह गर्ने योजना बनाउनु भएको छ ?

अब हामी धेरै बलियो भइसकेका छौं । मर्जरपछि हाम्रो पूँजी पनि बढिसकेको छ । झण्डै रिजर्वको पूँजीसहित ६ अर्बको क्यापिटल पुग्न थालेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी पुर्‍याउन चाँडै सक्षम हुने अवस्थामा पुगिसकेका छौं । त्यस्तै, ठूला परियोजनामा लगानी जुटाउन नेदरल्यान्डको एफएमओ विकास बैंकसँग सहकार्य गरेका छौं ।

हामी युवाहरुलाई उद्यमशील र आत्मनिर्भर बनाउन अझ धेरै प्रोत्साहित गर्न चाहन्छौं । कमर्सियल बैंक भएकाले यो हाम्रो जिम्मेवारी पनि हो । हाम्रोमा बचत गर्नेहरुको पनि त्यही अपेक्षा हुन्छ कि हाम्रो रकम सिर्जनशील र उत्पादनमूलक क्षेत्रमा लागोस् ।

हामीले ठूला परियोजनाको अवसर र चुनौती अध्ययन गरेपछि लगानी गर्छौं । त्यसका लागि नेदरल्यान्डको एफएमओ बैंकले क्यापासिटी विल्डअपमा सहयोग गरिरहेको छ । परियोजना अध्ययनका लागि पनि एफएमओ बैंकबाट सहयोग लिइरहेका छौं । त्यसो हुँदा हामी लगानी हिसावले मात्र होइन, प्राविधिक रुपमा पनि सक्षम भएका छौं ।

कुनै परियोजनामा ठूलै फन्डिङ गर्नुपर्ने भएमा एफएमओबाट फण्ड ल्याउन सकिन्छ । यसले ठूला-ठूला प्रोजेक्ट तथा पूर्वाधारहरुमा लगानी गर्न सक्षम भएका छौं । यो अवसरले ठूला परियोजनामा लगानी गर्न सशक्त बनाएको छ ।

तल्लो तह र ग्रामिण क्षेत्रका जनताको आर्थिक अवस्था सुधार्नका लागि साना तथा मझौला उद्योगको विकासमा जोड दिनुपर्छ । मर्जरपछि हाम्रा ६९ शाखा र एक्सटेन्सन काउन्टर गरेर ७६ वटा पुगिसकेका छन् । पूर्वदेखि पश्चिसम्म ब्यालेन्स डिष्ट्रिव्युसन नेटवर्क बनिसकेको छ । ती ब्राञ्चहरुको मद्दतबाट ग्रामिण क्षेत्रमा पनि साना तथा मझौला उद्योगहरुमा लगानी बढाउन सहज छ ।

हामीले साना तथा मझौला उद्योग ‘एसएमई’ भन्ने छुट्टै युनिट खोलेर हबको रुपमा विकास गरेका छौं । त्यहाँ ऋण लिन-दिनका लागि आवश्यक प्रकृया, तौरतरिका सरल किसिमले डिजाइन गरेका छौं ।

साना तथा मझौला उद्योगदेखि कृषि क्षेत्रसम्म हामीले सरल तरिकाबाट ऋण प्रवाह गरिरहेका छौं । यसलाई अझ बढाउने हाम्रो लक्ष्य हो । गाईपालन, कुखुरापालनलाई पनि समेटेका छौं । ठूला परियोजनाको विकास मात्र होइन, व्यक्तिलाई उद्यमशील बनाई आत्मनिर्भर बनाउने पनि हाम्रो लक्ष्य हो ।

जस्तो काठमाडौंमा गुड्ने सफा ट्याम्पोमा हाम्रो लगानी छ । यसले रोजगारीको अवसर सिर्जना गरेको छ । हामीले उर्जा संकटका बेलामा सोलार घर-घरमा जोड्न हामी बिनाधितो ऋण दिइहरेका छौं । कुरा मात्रै ठूला गरेर हुँदैन, ग्राउण्ड लेभलमा आर्थिक गतिविधि बढाउन पनि हामी अघि बढिरहेका छौं ।

तपाईंहरुको आत्मनिर्भर अभियानले युवाहरुलाई आकर्षित गर्ला ?

हामी युवाहरुलाई उद्यमशील र आत्मनिर्भर बनाउन अझ धेरै प्रोत्साहित गर्न चाहन्छौं । कमर्सियल बैंक भएकाले यो हाम्रो जिम्मेवारी पनि हो । हाम्रोमा बचत गर्नेहरुको पनि त्यही अपेक्षा हुन्छ कि हाम्रो रकम सिर्जनशील र उत्पादनमूलक क्षेत्रमा लागोस् ।

हामीसँग धेरै किसिमका लोनहरु हुन्छन् । सोलार लोन र माइक्रो फाइनान्स अन्तर्गतका लोनहरु बीनाधितो नै प्रवाह गरिरहेका छौं । विपन्न वर्गलाई माइक्रो फाइनान्समार्फत पशुपालन, कृषि, कुखुरा पालन लगायतमा धितो नलिई सजिलै ऋण दिइरहेका छौं । कतिपय क्षेत्रमा धितो राखेर ऋण दिन्छौं । त्यो हाम्रो बाध्यता पनि हो ।

हामीले बचतकर्तालाई पनि केही प्रतिफल दिनुपर्छ । बैंक भनेको बचतकर्ताको रकमलाई राखेर त्यसलाई सुरक्षित गर्ने संस्था हो । बैंकमा हाम्रो चुक्तापुँजी भन्दा सर्वसाधारणको ८/१०  गुणा बढी रकम हुन्छ । यो जोखिमको व्यपार हो । जोखिमलाई क्याल्कुलेट गरेर हामीले ऋण प्रवाह गर्छौं ।

एक वर्षदेखि मुलुकले कहिले भूम्कप त कहिलेले नाकाबन्दीजस्ता समस्याहरु झेलिरहेको छ । तर, यस्तो परिस्थितिमा पनि बैंकहरुको व्यवसाय तथा नाफामा खासै असर परेको देखिँदैन, किन ?

भूकम्प र नाकाबन्दीको बेलामा पनि बैंकहरुले आफ्नो जोखिम अवस्थालाई हेरेर डे-टु-डे म्यानेजमेन्टमा सक्रिय भएर लागे । नाकाबन्दीको समयमा पनि सबै आर्थिक गतिविधि ठप्प भएका होइनन् । त्यसैले एकैपटकमा नाकाबन्दीको असर बैंकमा नपरेको देखिएको हो ।Sunik kc, NMB CEO (1)

बैंकिङ दीर्घकालिन बिजनेश भएको हुँदा यो क्षेत्रमा आजको कामले आजै असर पर्दैन । नाकाबन्दीको समयमा केन्द्रीय बैंकले पनि सामान्य अवस्थामा भन्दा नीति नियमलाई केही खुकुलो बनाइदियो । बैंकहरुले पनि जोखिम अवस्था हेरेर त्यसैअनुरुप नीति बनाएर राम्रो व्यवस्थापन गरेकाले नाकाबन्दीको असर नदेखिएको हो ।

बैंकहरुले भूकम्प र नाकाबन्दीमा भोगेको समस्या के हो ?

यो बीचमा दुईवटा फरक किसिमका समस्याहरु हामीमाझ आए । हामीसँग प्राकृतिक प्रकोपका बेलामा बैंकिङ व्यवस्थापन गर्ने योजना थियो । त्यही योजनालाई भूकम्पका बेलामा लगायौं । हामीले भूकम्प गएको भोलिपल्टदेखि धेरै शाखाहरुबाट सेवा दिन सक्यौं ।

भोली यस्ता किसिमका समस्याहरु आउन सक्छन भनेर बनाएको प्लानमार्फत काम गर्न सक्यौं । हामीले बाहिर देशमा पनि विपदको समयमा कसरी काम गरिन्छ भनेर अध्ययन गरेर प्लान बनाएका थियौं । नाकाबन्दीका बेलामा पनि हामीले योजना बनाएर जोखिम व्यवस्थापन गर्‍यौं ।

तर, पनि बैंकिङ क्षेत्रले त्यो समयमा धेरै समस्याहरु भोग्नुपर्‍यो । भूकम्पको बेलामा जिल्लामा र भूकम्प प्रभावित क्षेत्रमा पुगेर काम गर्न कठिनाई भयो । नाकाबन्दीको बेलामा इन्धनको अभावले बैंक सञ्चालन गर्न निकै समस्या भयो ।

बैंकिङ क्षेत्रले लगानी दिर्घकालीन सोच बनाएर गर्नुपर्छ । बैंकले गर्ने लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन सक्नुपर्छ र आर्थिक वद्धिलाई सहयोग गर्नुपर्छ । पूर्वाधार निर्माणमा बैंकको पहिलो ध्यान जानुपर्छ ।

एनएमबी बैंकको ०७१ पुसमा २७ करोड रहेको नाफा ०७२ पुसमा ४२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा व्यवसायको आकार पनि झन्डै दोब्बरले बढेको छ नि ?  

पक्का पनि हो । हाम्रो बैंकको नाफा र व्यवसाय बढेको हो । मर्जरपछि हाम्रा शाखा सञ्जाल देशभर पुगे । जसले गर्दा कारोबार बढाउन सक्षम भयौं । कारोबार बढेपछि नाफा बढ्नु स्वभाविक नै हो । नाकाबन्दीको बीचमा पनि बैंकमा आर्थिक गतिबिधी बढेकै कारण सकारात्मक प्रभाव देखिएको हो । समग्रमा ९ महिनाको हाम्रो रिजल्ट राम्रो छ ।

अधिक तरलताको चापमा परेको बैंकिङ क्षेत्रले कुन क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेेको छ ? र, अबकोे लगानीको प्राथमकिता क्षेत्रहरु के के हुन् ?

बैंकिङ क्षेत्रले लगानी दिर्घकालीन सोच बनाएर गर्नुपर्छ । बैंकले गर्ने लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन सक्नुपर्छ र आर्थिक वद्धिलाई सहयोग गर्नुपर्छ । पूर्वाधार निर्माणमा बैंकको पहिलो ध्यान जानुपर्छ ।

ठूलो आश्रति समुदाय भएको कृषि क्षेत्रमा पनि बैंकहरुको लगानी हुनुपर्छ । त्यस्तै, अहिले नेपालमा उर्जा संकट भइरहेकाले उर्जामा पनि लगानी गर्नुपर्छ । उर्जा नभई वैदेशिक लगानी पनि नआउने भएकाले त्यता केन्द्रित हुनुपर्छ । जनशक्ति विकास, उत्पादन र कच्चापदार्थको वृद्धि लगायतमा पनि लगानी बढानुपर्छ । हामी पनि यिनै क्षेत्रमा केन्द्रित भएर लगानी गरिरहेका छौं ।

एक वर्षअघि एनएमबि बैंकको आधार ब्याजदर ७.४४ प्रतिशत थियो, तर अहिले ७.६४ प्रतिशत छ । व्याजदर घटिरहँदा आधार व्याजदर भने किन बढी ?

अहिले हाम्रो यो अवस्था सुधि्रएको छ । सुरुमा मर्जर भइसकेपछि बैंकको लागतको आकार बढ्यो । मर्ज भएका ४/५ वटा बैंकहरुको डिपोजिट कस्टले त्यसलाई असर गरेको थियो । त्यो अहिले हामीले सुधार गरिसकेका छौं ।

एक वर्षको अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६० प्रतिशतबाट बढेर १.६७ प्रतिशत पुगेकेा छ । यसको कारण के हो ?

निस्त्रिmय कर्जा पनि मर्जरका कारण केही बढेको हो । त्यसमा पनि हामी घटाउने गरी काम गरिरहेका छौं । हामीसँग गाभिएका बैंकहरुको निस्त्रिmय कर्जा धेरै भएकाले मर्जरपछि बढेको देखियो । अब हामी यसलाई कम्तिमा १ प्रतिशतमा ल्याउने योजनामा छौं । त्यसका लागि हामीले काम थालेका छौं, यो हाम्रो कन्ट्रोलमा छ ।

Sunik kc, NMB CEO (5)

यस अवधिमा बैंकको होम लोन बढेको देखिन्छ । घरजग्गामा लगानी बढाउन थाल्नुभएको हो ?

हामीले रियल स्टेटमा लगानी बढाएका छैनौं । होमलोनमा भने कर्जा केही बढाईंदैछ । किनभने घर आधारभूत आवश्यक्ता हो । अमेरिकामा पनि होमलोनकै आधारमा आर्थिक गतिविधिको मापन गरिन्छ, त्यसैले यो होमलोनमा हुने लगानीको खास महत्व छ ।

होम लोन बैंकका लागि प्रभावकारी र सुरक्षित क्षेत्र पनि हो । होमलोनमा ग्राहक बढाउँदा त्यसले भोलि बैंकलाई थुप्रै अवसर सिर्जना गर्छ । होमलोन प्रवाह भएपछि ग्राहकलाई अन्य सुविधाका लागि पनि बैंक आउन प्रेरणा मिल्छ । त्यसैले हामी यसमा रणनीति बनाएर लगानी गरिरहेका छौं ।

पछिल्लो समय कुन क्षेत्रमा बढी कर्जाको माग आउने गरेको छ ?

बिदेशबाट रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ । रेमिट्यान्स प्रायः बिलासी बस्तुमै खर्च गर्ने नेपाली चलन रोकिएको छैन । त्यसैले बिलासी वस्तुका लागि कर्जा माग्ने क्रम बढिरहेको छ । भूकम्पपछि अपार्टमेन्ट छाडेका मानिसहरु होम लोन लिन आइरहेका छन् । त्यस्तै, सिमेन्ट उद्योग, पर्यटन उद्योग लगायतमा पनि कर्जाको माग बढी नै छ । नाकाबन्दीपछि आयातका लागि पनि लोन माग्ने क्रम बढेको छ ।

फेरि अस्थिरता हुने डरले स्टक मेन्टेन गर्न पनि लोन माग्न आउने बढेका छन् । उद्योगी तथा ब्यापारीहरु यसमा लागेको पाएका छौं । ६ महिना नाकाबन्दी भएकाले इम्पोर्टरहरु पेमेन्टका लागि लोन माग्न आउनु स्वभाविक पनि हो ।

बैंकहरुले सेयर धितोमा कर्जा बढाएका कारण सेयर बजार बढिरहेको छ । तपाईकै बैंकको कुरा गर्ने हो भने पनि एक वर्षको अवधिमा झन्डै दोब्बर बढीले सेयर कर्जा बढेको छ ?

बिदेशबाट रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ । रेमिट्यान्स प्रायः बिलासी बस्तुमै खर्च गर्ने नेपाली चलन रोकिएको छैन । त्यसैले बिलासी वस्तुका लागि कर्जा माग्ने क्रम बढिरहेको छ । भूकम्पपछि अपार्टमेन्ट छाडेका मानिसहरु होम लोन लिन आइरहेका छन् ।

पहिला हाम्रो आधार नै सानो थियो । पहिले टोटल मार्केटको ३ प्रतिशत पनि थिएनौं । अहिले हामी अरुभन्दा फरक तरिकालो अगाडि जान चाहेका छौं । यसलाई हामी स्पेकुलेटिभ सिरियस विजनेशका रुपमा लैजाँदै छौं । अहिले लगानी दोब्बर बढेको देखिए पनि भोल्यूम भने त्यति ठूलो छैन । क्षेत्रअनुसार हामीसँग प्लान र लिमिट छ । सबै क्षेत्रमा सिमाभित्रै रहेर लगानी गरिरहेका छौं । यो हाम्रो नियन्त्रणमा छ ।

अर्थतन्त्र ओरालो लागिरहेका बेलामा सेयर बजार उकालो लागिरहेको छ । यसमा केही व्यक्ति तथा संस्थाहरुको चलखेल भइरहेको पनि बताइन्छ । यस्तो बेलामा सेयरमा कर्जा बढाउँदा बैंकको लगानी असुरक्षित हुँदैन ?

सेयर मार्केटमा उतार-चढाव भइरहन्छ । देशको आर्थिक अवस्थाले पनि यसमा प्रभाव पार्छ नै । यो लगानीकर्ताको विश्वासमा पनि भर पर्छ । नयाँ संविधान बनेपछि अब आर्थिकस्थिति मजबुत हुने आंकलन गरेर पनि लगानी बढेको होला । बैंकिङ र हाइड्रोपावर क्षेत्रले पनि राम्रै पर्फमेन्स दिएकाले यो बढेको हुनसक्छ ।

समग्रमा भन्दा यो क्षेत्रमा लगानी जोखिम बढी नै हुन्छ । तर, हामीले जथाभावी कर्जा लगानी गरेका छेनौं । हामीले अरु बिजनेस रिलेसन भएकाहरुलाई मात्रै यो लगानी गरिरहेका छौं । व्यक्तिगत रुपमा  लगानीमा त्यति जोड दिएका छैनौं । त्यसैले हामी सेयर मार्केटको लगानीमा ठूलो जोखिममा छैनौं । भोली हामी यसबारेको रणनीति पनि परिवर्तन गर्न सक्छौं ।

बैंकले मलेसियामा प्रतिनिधि कार्यालय खोलेको पनि डेढ वर्ष भइसक्यो । प्रतिनिधि कार्यालयले व्यवसाय प्रवर्द्धन र लगानी भित्र्याउने अपेक्षा गरिएको थियो । अपेक्षाअनुसार काम भइरहेको छ त ?

हाम्रोमा एउटा मलेसियन कम्पनीको पनि सेयर होल्डिङ छ । हाम्रो पहुँच मलेसियका मार्केटमा राम्रो छ । एसियामा राम्रो आर्थिक वृद्धि गरिहेको देश हो, मलेसिया । त्यहाँबाट थुप्रै सामानहरु नेपाल भित्रिरहेका छन् । ट्रेड फाइनान्समार्फत हामी कसरी त्यसमा सहजीकरण गर्न सक्छौं, प्रयासरत छौं ।

Sunik kc, NMB CEO (3)

मलेसिया नेपालको प्रमुख रेमिट्यान्स श्रोत पनि हो । त्यहाँ थुप्रै अवसरहरु पनि छन् । विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्राउन पनि पहल भइरहेको छ । एनएमबी क्यापिटल कम्पनीमार्फत मलेसियाबाट हामी लगानी ल्याउन प्रयासरत छौं ।

तत्काल हामी अन्य देशमा प्रतिनिधि कार्यालय खोल्ने योजनामा छैनौं । तर, चीन र भारत लगायत देशमा यस्ता कार्यालय खोल्ने विषयमा हामी अध्ययन गरिरहेका छौं । यो बोर्डमा आन्तरिक छलफलमै छ । नेपालको ठूला ट्रेड पार्टनर मुलुकहरुमा प्रतिनिधि कार्यालय खोल्ने सोच बैंकको छ ।

एनएबी बैंकसँग चारवटा संस्थालाई गाभेर एकीकृत करोबार गरेको अनुभव छ । मर्जरका फाइदा र बेफाइदाहरु के हुँदा रहेछन् ? 

मर्जरपछि हाम्रो शाखा सञ्जाल देशभर पुगेको छ । यसले हामी धेरै जनताको पहुँचमा पुगेका छौं । सुविधा पनि धेरै दिन पाएका छौं । हामीले रणनीति बनाएरै गरेको मर्जर हो । हाम्रो पुर्वदेखि पश्चिमसम्म सन्तुलित सञ्जाल बनेको छ । त्यसैले भोली कुनै पनि बेला देशको आर्थिक अवस्था सुधि्रने वित्तिकै आर्थिक लाभ प्राप्त गर्ने थोरै बैंकमध्ये हामी पनि पर्छौं । यो एकदम सकारात्मक कुरा हो ।

नेपालको इतिहासमा एकैपटक ५ वटा बैंक एक हुँदा सामान्य तहमा चुनौति पक्कै पनि थपिएका छन् । ति चुनौतीलाई हेरेर हामी चरणवद्ध रुपमा अघि बढिरहेका छौं । हामी दुई चरण पार गरिसकेका छौं । हामी यो मर्जलाई सफल मर्जर बनाउन चाहन्छौं । हामी प्लानअनुसार नै चुनौतिहरु पार लगाउने छौं ।

बैंकका अन्य योजनाहरु पनि छन कि ?

हाम्रो पहिलो फोकस ‘आत्मनिर्भर नेपाल’ भन्ने योजना अगाडि बढाउने नै हो । देशमा उत्पादकत्व बढाउन र विकासलाई गति दिन त्यो कार्यक्रम प्रभावकारी हुनेछ । त्यस्तै रिटेल बैंकिङमा जाने हाम्रो योजना छ । शाखा सञ्जाल र सुविधा बढाउन पनि हामी केन्दि्रत हुन्छौं । नयाँ किसिमका प्रोडक्टहरु पनि ल्याउँछौं ।

विदेशी मुद्रा विनिमयमा नयाँ कम्पनीहरु आउने सम्भावना देखिएकाले त्यसमा पनि अगाडि बढ्ने छौं । हामी ठूला प्रोजेक्टमा लगानी गर्न चाहान्छौं । हामी देशको आर्थिक अवस्थासँगै हामी अगाडी बढ्ने हो । देशलाई आत्मनिर्भर बनाउनेमा हामी अब केन्द्रित हुनेछौं ।

तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment