Comments Add Comment

चियाको बजारीकरणका लागि लोगोसहितको पहिचान आवश्यक

Chiya-Bagan-Ilam

१५ वैशाख, काठमाडौं । कृषिमन्त्री हरिबोल गजुरेलले चिया क्षेत्रलाई व्यवसायिक बनाउन किसान, उद्योगी र मजदूरबीच सहकार्य हुनुपर्ने बताएका छन् । सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउँदै उनले चियाको व्यवसायीकरण गर्न सरकार सकरात्मक रहेको बताए ।

झापाको विर्तामोडमा १९औं राष्ट्रिय चिया दिवसको अवसर पारेर आयोजना गरिएको चिया महोत्सव तथा अन्तर्कियामा मन्त्री गजुरेलले यस्तो आश्वासन दिएका हुन् । बुधबार सम्पन्न भएको महोत्सवमा चियाका ३२ वटा स्टल रहेका थिए ।

नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले श्रमिकको ज्याला अत्यन्त न्यून भएको गुनासो गरे । मजदूरको हितका लागि सरकारले खडा गरेको सामाजिक सुरक्षा कोषको रकम मजदूरको हातमा नपरेको उनको भनाई थियो ।

यही अवस्थामा आफुहरुको हितमा माथिल्लो निकायबाट केही नहुने ठोकुवा गर्दै अध्यक्ष तामाङले किसान, मजदूर र उद्योगी एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

चिया किसान संघका अध्यक्ष पूर्ण खड्का किसानले उत्पादन गरेको हरियो पत्तीको मूल्य आफैले तोक्न पाउनुपर्ने बताए । उनले अर्गानिक प्रविधिमा जाँदा सरकारले किसानलाई मलखादमा अनुदान तथा सहुलियत दिनुपर्ने माग समेत गरे ।

नेपाल चियापत्ती उत्पादक उद्योग संघका अध्यक्ष सुरेशकुमार यादवले उद्योगीले नै चिया मजदूरको पारिश्रमिक र किसानको समानको मूल्य तोक्न पाउनुपर्ने दाबी गरे । साथै, चियाको बजारीकरणका सरकारले लोगो सहित पहिचान गरिदिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment