Comments Add Comment

डिसहोमले नेपाली फुटबल खेलको लाइभ गर्ने

Dis-home

१५ वैशाख, काठमाडौं । डिसहोमले अब राजधानी तथा मोफसलमा हुने नेपाली फुटबल लाइभ गर्ने भएको छ । डिसहोमले यसको सुरुवात भोलि बिहीबारबाट गर्नेछ ।

वैशाख १६ गते देखि २३ गते सम्म नेपालगञ्जमा संचालन हुने प्रथम नेपागञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिने डिसहोमले जनााएको छ ।

‘समग्र नेपाली फुटबलको विकास र नेपाली फुटबल प्रशंसकहरुले देशभर संचालन हुने बिभिन्न फुटबल प्रतियोगिताहरु घरमै बसी प्रत्यक्ष प्रशारण हेर्न पाउन् भन्ने उद्देश्यले हामीले यसको सुरुवात गरेका हौं’ कम्पनीको नायव महाप्रवन्धक कल्याण अधिकारीले भनेका छन् ।

नेपालगंज गोल्ड कप वैशाख १६ गते देखि नेपागञ्ज रंगशालामा आयोजना हुँदैछ । यस प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ, सरस्वती, वेष्ट काठमाडौं एफसी, नेपालगञ्ज ११, सुदूरपश्चिम ११, रुपन्देही ११ र लखनउ (भारत) लगाएतका टिमहरु प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment