Comments Add Comment

‘बाराक ओबामाको विदेश नीति लक्ष्यहीन’

Donald Trump१६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति पदकालागि रिपब्लिकन  पार्टीका उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पले आफ्नो नीति पेश गरेका छन् ।

पाँच राज्यको प्रारम्भिक चरणमा क्लीन स्वीप पछि ट्रम्पले ‘सबै भन्दा पहिला अमेरिकाको नीतिलाई प्राथमिकता’ दिने बताएका छन् ।  उनले राष्ट्रपति बाराक ओबामाको विदेश नीति लक्ष्यहीन भएको आरोप लगाएका छन् ।

पेन्सिलवेनिय, कनेक्टिकट, डेलाबेर, मेरील्याण्डमा जीत दर्ता गरेपछि ट्रम्ले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार आफू भएको दाबी गरे ।

उनले इस्लामिक स्टेटको दिन अब धेरै नभएको बताए । ट्रम्पले आईएसलाई कमजोर बनाउन तेलमा उसको पहुँच अन्त्य गर्नुपर्ने बताए । उनले रुस चीन लगायतका देशसँगको समबन्ध सुधार गर्दै जाने पक्षमा आफू रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment