Comments Add Comment

यी हुन् विवाहपछि करियर चम्काएका सुन्दरी

Drashti-Dhami1
दृष्टि धामी

मुम्बई । टेलिभिजनकी चर्चित अनुहार निगार खान छोटो पर्दावाटै कमब्याक गर्ने तयारीमा छिन् । विवाहपछि यी नायिका टेलिभिजनको दुनियवाट टाढिएकी थिइन् । अहिले उनलाई लाग्न थालेको छ ‘म टेलिभिजन कार्यक्रम कहिल्यै भुल्न सक्दिन ।’

निगारले जुलाई २०१५ मा पाकिस्तानी ब्यबसायी खय्याम शेखसँग विवाह गरेकी थिइन् । टीभी कार्यक्रम ‘बाल वीर’वाट उनको पुनरागमन हुने भएको छ । ‘बाल वीर’मा उनले सुपरवीचको चरित्र निर्वाह गर्ने भएकी छिन् ।

आगामी दिनमा उनको अभिनय यात्रा कस्तो हुने हो अहिल्यै भन्न सकिन्न । तर, विवाहपछि कमब्याक गरेर चर्चामा आएका कलाकार धेरै छन् बलिउडमा ।

ब्यबसायी नीरज खेमकासँग विवाह गरेकी दृष्टि धामी विवाहको पााच महिनासम्म ब्रेक लिएकी थिइन् । विवाहको छैटौं महिना लाग्दा काम सुरु गरेकी दृष्टि अहिले पनि चर्चित टेलिकलाकार मध्ये एक मानिन्छिन् ।

सन २०११ मा विवाह गरेकी माही विचले सन २०१५ मा ‘वालिका बधु’वाट कमब्याक गरिन् । अहिले पनि उनको सक्रियता लोभलाग्दो छ । विवाह भएको छ महिनापछि कम ब्याक गर्ने अर्कि नायिका हुन् कृतिका सेंगर । ‘सर्भिस वाली बहु’वाट कमब्याक गरेकी कृतिका आजीवन यही क्षेत्रमा काम गर्ने सोचमा छिन् ।

 श्वेता तिवारी
श्वेता तिवारी

‘कसौटी जिन्दगीकी’वाट अत्याधिक चर्चामा आएकी श्वेता तिवारी पनि विवाहपछि केही समय सिरियलमा देखिईनन् । यो विचमा केही फिचर फिल्ममा समेत अभिनय गरेकी श्वेता अहिले फेरि सिरियलकै दुनियामा फर्किएकी छिन् । ‘बेगुसराय’वाट कमब्याक गरेकी श्वेताले केहि विज्ञापनमा पनि काम गरेकी छिन् ।

सन २०१२ मा विवाह गरेकी नेहा मर्दा एक वर्षसम्म घर गृहस्थीमै रमाईन् । विवाहको एक वर्ष वितेपछि उनले कमब्याक गरिन् ‘डोली अरमानो की’ वाट ।

सन २०१४ मा विवाह गरेकी मिताली नाग पनि एक वर्षमै फर्किईन् । ‘तुमसे नाराज नही जिन्दगी’ मा काम गरेकी मिताली अहिले पनि बोल्ड टेलिनायिकाको रुपमा परिचित छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment