Comments Add Comment

साढे सात करोड लागतमा ‘सव स्टेसन’ निर्माण

१६ वैशाख, प्यूठान । लामो समयको प्रयासपछि प्यूठान, रोल्पा र अर्घाखाँचीको विद्युत आपूर्ती अनियमितलाई रोक्नका लागि सव स्टेसन निर्माण सुरु भएको छ ।

प्यूठान नगरपालिका–१५ स्थित दम्तीमा तीन जिल्लाको विद्युत् आपूर्ति अनियमितलाई नियमित गर्नका लागि रु सात लाख ५० हजारको लागतमा सव स्टेसन निर्माण सुरु भएको हो । एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३/११ केभी ३ एमभीए क्षमताको सव स्टेसन निर्माण सुरु भएको र निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने लक्ष्य रहेको विद्युत् प्राधिकरणका वितरण प्रमुख कृष्णहरि दाहालले जानकारी दिए ।

सव स्टेसन निर्माणका लागि पछिल्लो छ वर्षदेखि जिल्लामा यस योजनालाई प्राथमिकतामा राखिएको थियो । सव स्टेसन निर्माणस्थलको जग्गा खोजी तथा खरिदका लागि बजेट अभावले निर्माण कार्यमा ढिलाइ भएको हो । निर्माणसँगै प्यूठान, रोल्पा र अर्घाखाँचीमा देखिएको विद्युत् आपूर्ति अनियमितलाई नियमित गर्न सहज हुने बताइको छ ।

दम्तीमा ११ रोपनी जग्गामा निर्माण हुने सो सव स्टेसनले सदरमुकाम खलङ्गा, मच्छि, बाहाने र बिजुवार क्षेत्रमा विद्युत् वितरण गरिने छ । निर्माणको जिम्मा लिएको आरके इन्टरनेसनल काठमाडौँका महाप्रबन्धक सागर लुइँटेलले सव स्टेसनका लागि ‘कन्ट्रोल भवन’ र दुई वटा आवास गृह निर्माण गरिने बताए ।

सव स्टेसन निर्माण नहुँदा विद्युत् प्रसारणमा देखिने समस्या पत्ता लगाउन लामो समय लाग्ने तथा एक ठाउँमा समस्या भएमा तीनवटै जिल्लामा समस्या देखिने गरेको थियो ।

सव स्टेसन निर्माणसँगै जिल्लामा औद्योगिक क्षेत्र विस्तारमा सहयोग पुग्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल बताउँछन् । “सव स्टेसन निर्माणसँगै लगानीकर्ताका लागि प्यूठान आर्कषणको केन्द्र हुन सक्छ,” उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment