Comments Add Comment

मनमोहक पञ्चासेमा लोभिँदै पर्यटक

Panchase-2१६ वैशाख, काठमाडौं । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले…,’ ‘त्यै रुमालमा पञ्चासेको फूल राखेँ मैले…’ कन्दरा समूहको चर्चित गीतको शब्दले भनेजस्तै पञ्चासेको मनमोहक फूलको आकर्षणले धेरै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वले पञ्चासे लेकको आकर्षण बढाएको छ । कास्की, स्याङ्जा र पर्वतको त्रिवेणी पञ्चासे जैविक विविधताको थलो, विश्वकै लोपोन्मुख पशुपक्षीको बासस्थान आदि भएका कारण यसको आकर्षण दिनप्रतिदिन बढेको छ । पोखराकै पहिचान जोडिएको फेवातालको मुहान पनि हो पञ्चासे ।

विनोद गौचनले पञ्चासेको फूललाई सम्बोधन गरी जसरी गीतको माधुर्यलाई बनाउनुभएको छ, साँच्चिकै पञ्चासेमा रहेका विश्वचर्चित सुनाखरी, लालीगुराँस, लेकसल्लो आदि ढकमक्क फूलको सौन्दर्यले प्रकृतिसँग तादात्म्यताको अनुभूति गराउँछ ।

सुनाखरी, लेकसल्लो र लालीगुराँसले ढकमक्क ढाकिएको छ, पञ्चासे । त्यही सौन्दर्यले मुग्ध भएर विनोद गौचनले पूmलको महिमा वर्णित गीत लेखे । लोपोन्मुख वनस्पति र जडीबुटीको भण्डारका रुपमा चिनिन्छ, पन्चासे । यहाँ संसारमा डाइनोसरका पालादेखि नै रहेको विश्वकै लोपोन्मुख वनस्पति सतुवा, छत्रे उन्यू, लोठ सल्ला लगायतका प्रजातिको संरक्षण गरिएको छ ।

Panchase-3

समुद्री सतहबाट ८०० देखि दुई हजार ५१७ मिटरसम्म उचाइको यो लेक अनुपम पदयात्राको गन्तव्य पनि हो । फेवातालको मुहान हर्पन, रति, जरे, आँधी र सेती खोलाको उद्गमस्थल पञ्चासेबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाललगायतका हिमशृङ्खला देख्न सकिन्छ ।

पञ्चासे संरक्षित वन मूल परिषद्का अध्यक्ष गोपाल गुरुङका अनुसार पञ्चासेमा धार्मिक तथा पदयात्रा पर्यटनको आकर्षण बढेको छ । पछिल्लो समय युवापुस्ता यहाँ बढी घुम्न आउँछन् । पोखराबाट २८ किलोमिटरमा पर्ने पञ्चासे पदयात्रालाई उत्तम मानिन्छ । बाटोमा सञ्चालित समुदायमा आधारित होमस्टे, झञ्ज्याङ्देखि माथि डाँडासम्मको घनाजङ्गलले प्रकृतिप्रेमीलाई बढी आनन्दित तुल्याउँछ ।

यहाँ देशकै सर्वाधिक प्रकारका सुनाखरी (११३ थरी) पाइन्छ । संसारमा अन्यत्र नपाइने दुई प्रजातिका सुनाखरी पाइने यहाँ लालीगुराँस, खस्रु, चाँप, चन्दन जस्ता ६०० भन्दा बढी प्रजातिका वनस्पति र जडीबुटी पाइन्छन् । बाघ, भालु, मृगलगायत विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान र जीवजन्तुको क्रिडास्थल पनि हो यो । सिद्ध ऋषिमुनि तथा च्यवन ऋषिको तपोभूमि मानिने पञ्चासे मातापिता भक्त श्रवणकुमारको समाधिस्थल पनि हो ।

सूर्योदय र सूर्योस्तको मनमोहक दृश्य देखिने, सदियाैंदेखि बालाचतुर्दशी, माघेसङ्क्रान्ति, शिवरात्रि, फागू पूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने यो पर्यटकीयस्थल पोखरादेखि नजिकको आकर्षक पदयात्राको गन्तव्य मानिन्छ । यसको बृहत्तर र योजनाबद्ध विकासका लागि पञ्चासे ग्रामीण गुरुयोजना बनेको छ । वन विभागबाट यहाँ संरक्षित वन कार्यक्रम पनि लागू गरिएको छ ।

dgdf]xs k~rf;] sf:sL k~rf;]sf] 8fF8fdf b]lvg] dgdf]xs hªun oxfFaf6 cGgk"0f{, wf}nflu/L, dgf:n'nufotsf lxdfnsf] b[Zofjnf]sg ug{ ;lsG5 . tl:a/ M l;aL clwsf/L, /f;; .

पञ्चासेको विकास र संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक तथा प्राविधिक सहयोगमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इबिए) कार्यक्रमले लोपोन्मुख वनस्पति, पानीका मुहान, तालको संरक्षण गर्दै आएको छ । जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा पर्ने असर र जोखिम नियन्त्रण तथा व्यवस्थापन र पुनस्र्थापनाबारे काम हुँदै आएको छ ।

युनेपका परामर्शदाता एवम् वातावरणविद् पूर्णचन्द्रलाल राजभण्डारीले समुदायमा आधारित पर्यावरण व्यवस्थापन गर्न सचेतनामूलक प्रवद्र्धनका काम गरिएको बताए । कार्यक्रमअन्तर्गत पानीको मुहान, जैविक विविधता संरक्षण तथा उत्पादनमुखी जीविकोपार्जन– जस्तै, होमस्टे, चिया, कफी र तरकारी उत्पादनमा प्रोत्साहनमूलक काम गरिएको छ । तीनवर्षे नमुना परियोजनाको पहिलो चरण सकिएको छ । यसले यहाँका मानिसमा सचेतना बढेको र संरक्षणप्रति उत्साह थपेको परिषद्का अध्यक्ष गोपाल गुरुङ बताउँछन् ।

स्थानीयवासी लालबहादुर गुरुङले परियोजनाबाट किसानमा उत्पादनमूलक काम गर्न र वातावरण संरक्षणमा उत्साह थपेको छ भन्छन् ।

पञ्चासेको दमदमेमा होमस्टे (घरबास) सञ्चालन गर्नुभएकी लक्ष्मी गुरुङले नमुना घरबास कार्यक्रममा पर्यटकको भीड लाग्ने गरेको बताउँछन् । यो क्षेत्रमा नौवटा दर्ता भएका होमस्टे व्यावसायिक रुपमा चलेका छन् भने दर्ता नभएका होमस्टे पनि सन्चालनम छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment