Comments Add Comment

‘रोल्पा रोग’मा काम गर्दा शिशिरलाई दर्शकले बौलाहा भने

shisir bhandari
चलचित्रको पर्दामा आफ्नो अभिनयका कारण दर्शकको मन जितिरहेका संचारकर्मी शिशिर भण्डारीलाई दर्शकले बौलाहा भने । चलचित्रको एक दृश्य छायांकन भैरहँदा उनी खुबै रोए । रोल्पाली दर्शकको भीड चलचित्रको छायांकन हेर्नका लागि भएको थियो ।

जब निर्देशकले एक्सन भन्थे, शिशिर साथीलाई काखमा च्यापेर रुन थाल्थे । निर्देशक दीपक वलीले कट भन्ने वित्तिकै शिशिर बास्तविक दुनियाँमा आउथ्य र हाँस्ने थाल्थे । फेरि एक्सन चल्ने वित्तिकै शिशिरको आँखाबाट आँशु झथ्र्यो । यसरी रुने र हाँस्ने गर्दा आफूलाई छायांकन हेर्न आइपुगेका दर्शकले बौलाहा बनेको शिशिरले सुनाए ।

उनका अनुसार, चलचित्र ‘रोल्पा रोग’को सेन्टिमेन्टल दृश्यमा उनले ग्लिसिरिन नै लगाएनन् । दर्शकले आफूलाई बौलाहा भन्दा खुशी लागेको र भूमिका अनुसार काम गर्न सकेको शिशिरले बताए । धेरै संघर्ष गरेर आफूले चलचित्रमा काम गरेको उनको भनाई छ । वैशाख २४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा आफ्नो काम र चलचित्रलाई नै दर्शकले मन पराउने शिशिरको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment