Comments Add Comment

रुपन्देहीमा आधा लाख विद्यार्थी पुस्तकविहीन

School-Book

१६ वैशाख, बुटवल । रुपन्देहीमा आधा लाखभन्दा बढी विद्यार्थी पुस्तकविहीन भएका छन् । नयाँ शैक्षिक सत्र शुरु भएपनि विद्यार्थीहरु पुस्तक विनै विद्यालय जान बाध्य छन् ।

जिल्ला शिक्षा कार्यालय रुपन्देहीले कोही पनि विद्यार्थी नछुटोस् भनेर विद्यार्थी अभियानलाई तिव्रता दिइरहेको  छ । तर, भर्ना भएका मध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । पुस्तक नपाउनेमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बढी छन् ।

रुपन्देहीमा कक्षा १० सम्म २ लाख ८ हजार विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । त्यसमध्ये सामुदायिक विद्यालय १ लाख २५ हजार, निजी विद्यालयमा ७१ हजार ५ सय र अन्य १० हजार ६ सय जना विद्यार्थी विद्यार्थी हुन ।

निजी विद्यालयहरुले पु्स्तकको चाँजोपाँचो मिलाइसकेका छन् । तर, सामुदायिक विद्यालयमा भने कक्षा ६ देखि १० सम्म पुस्तकको चरम अभाव देखिएको छ ।

School-Book-2

‘जनकशिक्षा केन्द्रले नै पुस्तक नपठाउँदा समस्या भएको हो’ जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले अनलाइनखबरसँग भने, ‘जतिसक्दो चाँडो सहज बनाउने गरी दबाब दिइरहेका छौं, तर समस्या हल भएको छैन ।’

रुपन्देहीमा ६६ हजार ५ सय ८७ सेट पुस्तकको माग भएपनि जम्मा ११ हजार ५ सय मात्रै पुस्तक प्राप्त भएको छ । कक्षा कक्षा ६ को एउटा पनि पुस्तक आएको छैन भने कक्षा ७ देखि १० सम्ममा करिव १५ हजारको हाराकारीमा मात्रै पुस्तक आएको शिक्षा अधिकारी थापाले बताए ।

रुपन्देहीमा पुस्तकको अभाव निकै जटिल देखिएको छ । बुटवल पश्चिममा कक्षा १ देखि १० सम्मको सरकारी पुस्तक वितरणको जिम्मा लिएको सुपर एजुकेशनल इन्टरप्राइजेजका सञ्चालक खिमनारायण पराजुलीले पुस्तक अभाव चरम रहेको बताए ।

उनका अनुसार अनुसार जनक शिक्षा सामाग्री केन्द्रले नवलपरासीदेखि पश्चिमका क्षेत्रमा एक सातादेखि कक्षा ६ देखि १० सम्मको पुस्तक नै पठाएको छैन ।

अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बर्षेनी उस्तै प्रकृतिको समस्या दोहरिएकाले जनकशिक्षा सामाग्रीलाई पुस्तक छाप्न बन्देज लगाउनुपर्ने बताउँछन् ।

रुपन्देहीमा सामुदायिक ३ सय ६२, संस्थागत (निजी) २ सय ८४, धार्मिक १ सय १७ गरि ७ सय ६३ विद्यालय रहेका छन् । यो समस्या बर्षेनी बिकराल बन्दै गइरहेको छ ।

[sam_list]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment