Comments Add Comment

डिसहोमले ‘ए डिभिजन स्तरीय फुटबल’ को प्रत्यक्ष प्रशारण गर्ने

dish-home१६ वैशाख, काठमाडौं । डिसहोमले अब नेपालको ए डिभिजन स्तरीय फुटबल खेलहरुको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । अब नेपाली फुटबल पारखीले अब घरमै बसेर राजधानी तथा मोफसलमा सञ्चालन हुने ए डिभिजन स्तरीय फुटबल खेलहरु हेर्न पाउने डिसहोमले जनााएको छ ।

आजदेखि २३ गतेसम्म नेपालगञ्जमा हुने प्रथम नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको कम्पनील् प्रशारण सुरु गरेको छ । डिसहोमको च्यानल नं ११४ मा प्रत्यक्ष प्रशारण हुँदैछ । खेलहरु बेलुकी ४ बजेबाट प्रत्यक्ष प्रशारण हुनेछन् ।

‘समग्र नेपाली फुटबलको विकास र नेपाली फुटबल प्रशंसकले देशभर सञ्चालन हुने विभिन्न फुटबल प्रतियोगिताहरु घरमै बसी प्रत्यक्ष प्रशारण हेर्न पाउन् भन्ने उद्देश्यले हामीले यसको सुरुवात गरेका हौं’ कम्पनीको नायव महाप्रवन्धक कल्याण अधिकारी भने ।

डिसहोमले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको प्रत्यक्ष प्रशारण गरेका थियो । यसबाट धेरै नेपाली फुटबल समर्थकले उत्साहजनक सुझाव र हौसला दिएकाले देशभर सञ्चालन हुने प्रतियोगिता दर्शकमाझ प्रत्यक्ष लिएर आउन लागेको अधिकारीले बताए ।

नेपालगञ्ज गोल्ड कप आजदेखिदेखि नेपागञ्ज रंगशालामा सुरु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपीएफ, सरस्वती क्लब, वेष्ट काठमाडौं एफसी, नेपालगञ्ज-११, सुदूरपश्चिम-११, रुपन्देही-११ र लखनउ (भारत) लगायतका टिम प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment