Comments Add Comment

मिस नेपाल अस्मीलाई यामाहा फेसिनो

Yamaha-Fasino-Miss-Nepal

१६ बैशाख, काठमाडौं । यामाहाको नेपाली बिक्रेता मोरङ अटो वक्र्सले मिस नेपाल अस्मी श्रेष्ठलाई यामाहा फेसिनो स्कुटर प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित यामाहा शो-रुममा एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले स्कुटर हस्तान्तरण गरे ।

सोही अवसरमा मिस नेपाल ब्युटी पेजेन्ट आयोजक द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति पनि उपस्थित थिए । मिस नेपाल २०१६ मा यामाहाले ‘टाइटल स्पोन्सर’ तथा ‘टु ह्विलर’ पार्टनरको भूमिका निभाएको थियो । यामाहाले यसअघि घोषणा गरेझैं मिस नेपाल अस्मीलाई फेसिनो स्कुटर प्रदान गरेको हो ।

सोही अवसरमा ‘यामाहा फेस अफ फेसिनो’ विजेता आस्मा केसीलाई पनि प्रबन्ध निर्देशक अग्रवालले फेसिनो प्रदान गरे । मिस नेपालका १९ जना प्रतियोगीमध्येबाट आस्मा ‘यामाहा फेस अफ फेसिनो’ उपाधीका लागि चुनिएकी थिइन् ।

Yamaha-Fasino-Miss-Nepal-3

केसी फेसबुक र शोरुम भोटिङ तथा प्रतियोगिताका निणर्ायकबाट छानिएकी हुन् । त्यस्तै, एमएडब्लुले संचालन गरेको ‘यामाहा फेस अफ फेसिनो’ कन्टेस्टमा सहभागी भएका भाग्यमानी भोटर त्रिविक्रम पाण्डेलाई पनि नयाँ यामाहा फेसिनो हस्तान्तरण गरिएको छ ।

फेसिनोको डिजाइन आधुनिक तवरबाट क्लासिकल लुक्समा गरिएको छ । जसले यसलाई अन्य स्कुटरभन्दा विशिष्ट र भिन्न देखाएको छ । ‘द सुपरमोडेल स्कुटर’ फेसिनो आकर्षक र स्टाइलिस मात्र छैन यसले उत्कृष्ट पर्फोमेन्स पनि दिन्छ ।

‘ब्लु कोर’ प्रविधिको नयाँ फेसिनोले प्रति लिटर ६६ किलोमिटर माइलेज दिन्छ जुन स्कुटर जगतमै उत्कृष्ट हो । आधुनिक प्रविधिबाट निर्मित यसको स्कुटरमा निकेल स्पार्क प्लग र नयाँ बीएस२४ कार्बुरेटर लगाइएको छ जसले एसिलेरेसनलाई सहज, पर्फोमेन्सलाई उत्कृष्ट र माइलेजलाई बेजोड बनाएको छ ।

Yamaha-Fasino-Miss-Nepal-2

फेसिनोमा एक सय १३ सिसिको एयर-कुल्ड फोर स्ट्रोक एसओएचसी २-भल्भ इन्जिन लगाइएको छ । फेसिनो रग रेड, स्यासी स्यान, हट ह्वाइट, कुल कोबाल्ट र टुक्सेडो ब्ल्याक गरी पाँच रङमा बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment