Comments Add Comment

खुल्लामञ्चमा दश दिने औद्योगिक ब्यापार मेला हुने

ghedung-mela
१६ वैशाख, काठमाडौ । वैशाख १७ गते देखि २७ गतेसम्म राजधानीमा खुल्लामञ्चमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा ब्यापार मेला हुने भएको छ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङको सांस्कृतिक भवन निर्माणको सहयोगार्थ हुने मेलामा कृषि, हस्तकला उत्पादनका साथै तामाङ जातिको सस्कृति र पहिचान झल्कने सामग्रीको बृहत प्रदर्शनी हुने बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

झण्डै दुई सय वटा स्टल रहने मेलाले नाकाबन्दी र भूकम्पपछि अस्तब्यस्त बनेको मुलुकको आर्थिक क्षेत्रमा उत्साह जगाउने र गाँउका कृषि उत्पादनको प्रवर्द्धन गर्ने सहयोग पुग्ने आयोजक  घेदुङका अध्यक्ष बीरबहादुर योञ्जनले जानकारी दिए ।

प्रवेश निशुल्क रहने मेलामा स्टलको भाडाबाट उठ्ने रकमबाट सांस्कृतिक भवनको निर्माण गरिने आयोजकको योजना छ । मेलामा वस्तु प्रर्दंशनीको साथै प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती र नृत्य प्रतियोगिताको आयोजना पनि गरिने छ ।

नृत्य प्रतियोगितामा पहिलो हुनेले नगद २० हजारर निशुल्क तीन महिने डान्स कोर्स, द्धितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ५ हजार नगर पुरस्कार दिईने आयोजकले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment