Comments Add Comment

बाबुरामले रंगशालाबाट नयाँ पार्टी घोषणा गर्ने

baburam

१५ वैशाख, काठमाडौं । डा. बाबुराम भट्टराईले जेठ ३० गते दशरथ रंगशालाबाट नयाँ पार्टी स्थापनाको औपचारिक घोषणा गर्ने भएका छन् ।

नयाँशक्ति नेपालले पार्टी स्थापना घोषणा सभाको उद्घाटन कार्यक्रम दशरथ रंगशालामा राखेको छ । ३१ र ३२ गते काठमाडौंकै प्रज्ञा भवनमा राष्ट्रिय भेला हुनेछ ।

‘नयाँशक्ति नेपालले नयाँ संस्कार, नयाँ संस्कृति, आर्थिक समृद्धि, सुशासन र विकाससहितको वैकल्पिक राजनीतिक धार स्थापना गर्ने अभिप्रायका साथ नयाँशक्ति नेपालको औपचारिक घोषणाको उद्घाटन रंगशालामा गर्ने तय गरेका छौं,’ नयाँशक्तिको केन्द्रीय कार्यालय सदस्य सविना अर्यालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment