Comments Add Comment

कलर्सको के थ्री स्मार्टफोनमा ३५ सय छुट

Colours१६ बैशाख, काठमाडौं । कलर्स मोबाइलले के थ्री मोबाइल ३५ सय रुपैयाँ छुद प्रदान गर्ने भएको छ । ग्राहकहरुले अब के थ्री स्मार्टफोन बजारमा १७ हजार ४९५ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

यसमा ३२ जिबी रोम, ३ जिबी र्‍याम, दुबैतर्फ असाही सिसा भएको ५ इञ्चको एचडी स्त्रिmन, पछाडि १३ मेगापिक्सेल र अगाडि ८ मेगापिक्सेल क्यामेरा रहेको छ ।

‘हामी सधै मोबाइल प्रेमीहरुलाई चकित पार्ने प्रयासमा लागिपरेका हुन्छौं, त्यसैको निरन्तरता स्वरुप के थ्रीमा छुटल प्रदान गरेका छौं’ कलर्सका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment