Comments Add Comment

ग्रिसमा नेपाली युवाको अपहरणमा नेपाली नै संलग्न

Krishna-Gurung१६ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा ग्रिस पुगेका एक नेपाली युवाको नेपालीहरुले नै अपहरण गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोगमा ग्रिस प्रहरीले अपहरणकारीलार्इ पक्राउ गरेको छ भने अपहरित युवकको शकुशल उद्दार भएको छ ।

संखुवासभा चैनपुर १ ओरिङ्गा घर भई रोजगारीको सिलसिलमा ग्रिसमा रहेका २४ वर्षका कृष्ण गुरुङ अपहरणमा परेका थिए । उनले आफू अपहरणमा परेको भन्दै दाजु चन्द्रप्रसादलाई खबर गरेपछि सीआईबीमा उजुरी परेको थियो ।

गुरुङको वैशाख १ गते उद्दार भएको हो । हातखुट्टा बाँधिएको तथा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा किपसेलीबाट उद्दार भएको हो ।

‘हामीले पीडितलाई नेपाल ल्याउने र अपहरणमा संलग्नहरुको नेपालमा कनेक्सन खोज्ने प्रयास गरेका थियौं । तर, ग्रिस प्रहरीले थप सूचना दिएन’ सीआईबीका प्रहरी उपरीक्षक दिवेश लोहलीले अनलाइनखबरसाग भने ।

त्यही प्रयासले गर्दा घटना सार्जनजिक गर्न केही ढिलो भएको उनको भनाइ छ ।

प्रहरीका अनुसार कृष्ण सात वर्षअघि इराक गएका थिए । तर, दुई वर्षअघि ग्रिसको थेसालोनिकीमा बसे र गत मार्चको अन्त्यतिर एथेन्स पगुे । त्यही क्रममा नेपाली आइती घलेले उनलाई आफ्नो अपार्टमेन्टमा बोलाए र नेपाली, पाकिस्तानी, भारतीय र बंगलादेशी मिलेर बन्धक बनाए ।

आइती घले र दल थापा तामाङ

आइती घले र दल थापा तामाङ

अपहरणकारीले पीडितका दाजुलाई फोन गरेर १४ हजार युरो फिरौती मागेका थिए । अपहरणमा संलग्न आइतीसँगै नेपाली दल थापा तामाङ पक्राउ परेका छन् ।

यस्तै भारतीय नागरिक जामाल काजी, बंगलादेशी मामुन मुल्लाह, पाकिस्तानी मन्सुर महमेद पक्राउ परेका छन् । उनीहरूलार्इ ग्रिसको कानुन अनुसार कारबाही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment