Comments Add Comment

पुनर्निर्माणमा सरकारी इन्जिनियरलाई सघाउन कांग्रेसले कार्यकर्ता खटायो

१६ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पुनर्निर्माणका लागि सरकारले खटाएको इन्जिनियरहरुलाई सहयोग गर्न कार्यकर्ता परिचालन गर्ने भएको छ ।

Congress-Flagकांग्रेसले भूकम्प प्रभावित जिल्लामा पार्टीको तर्फबाट नेता कार्यकर्तालाई खटाउने निर्णय गरेको हो । उसले आफ्ना नेता कार्यकर्तालाई सरकारले खटाएका इन्जिनियर र जिल्ला विकास कार्यालय प्राविधिक शाखासँग समन्वय गरेर काम गर्न भनेको छ ।

कांग्रेसले प्रत्येक गाउँ टोलका लागि २०-२० जना कार्यकर्ता खटाउनेछ । र, उसको अभिलेख पार्टी कार्यालयमा राखिनेछ ।

सरकारले बुधबार मात्र पुनर्निर्माणका लागि प्रत्येक गाउँमा एकजना रहने गरी १३ हजार इन्जिनियर खटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment