Comments Add Comment

नेपालको भूकम्प इतिहासकै शक्तिशालीमध्ये एक !

earthquake-in-Nepal१६ वैशाख, काठमाडौं । एक वर्ष अघि नेपालमा गएको भूकम्प इतिहासकै शक्तिशाली भूकम्पहरु मध्ये एक भएको फोर्ब्सले जनाएको छ ।

अमेरिकी म्यागजिन फोर्ब्सले वैशाख १२ को भूकम्पलाई इतिहासकै शक्तिशाली भूकम्पहरुको सूचीमा राखेको हो ।

वैशाख १२ को भूकम्प र २९ को पराकम्पमा परी ८ हजार बढीको मृत्यु भएको छ भने २१ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्प गएको एक वर्ष वितिसक्यो तर, पुनर्निर्माणले गति लिन सकेको छैन ।

यो वर्षामा पनि भूकम्प पीडितहरु पाल र टहरामा नै बस्नु पर्ने अवस्था छ । भूकम्पबाट १० विलियन डलर भन्दा बढी क्षति भएको आंकलन छ, जुन नेपालको कुल गाह्रस्थ उत्पादनको ५० प्रतिशत हो ।

द गार्जियन र अमेरिकी जिओलोजिकल सर्भेका अनुसार सन् १९६० मा गएको भाल्डिभिया भूकम्प इतिहासको सबैभन्दा शक्तिशाली भूकम्प हो । जुन, ९.५ रेक्टर स्केलको थियो ।

पछिल्लो पटक सन् २००४ मा इण्डियन ओसियनमा गएको ९.१ र सन् २०११ मा जापानमा गएको ९ रेक्टरको भूकम्प शक्तिशालीमा पर्छ ।

त्यसपछि नेपालमा गत वर्ष वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको भूकम्प इतिहासकै शक्तिशाली भूकम्प भएको फोर्ब्सले जनाएको छ । यद्यपि फोर्ब्सले यो भूकम्प ७.५ रेक्टरको भएको बताएको छ ।

यी हुन् शक्तिशाली भूकम्प

The-Most-Powerful-Earthquakes-final

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment