Comments Add Comment

रातमा दही खानु स्वास्थ्यको लागि हानिकारक !

dahi-eating

यो गर्मी बढिरहेको बेला दही खान कसलाई खान मन नपर्ला र ? यो मौसममा डाक्टरहरु पनि फिट रहनका लागि दही खान सल्लाह दिन्छन् । अधिक तेल मसलायुक्त खानेकुराबाट बच्नुपर्ने गर्मी मौसममा चिसो दहीको खास महत्व हुने नै भयो । शरीरमा गर्मी गढ्न नदिन दहीको प्रयोग यो मौसममा उचित पनि हो । गर्मीमा दही खाँदा शरीरको तापमान सन्तुलित राख्न सहयोग पुग्छ ।

यसमा रहेको भिटामिन, क्याल्सियम प्रोटिन लगायत पोषक तत्वले शरीलाई पुर्‍याउने फाइदाबारे धेरैलाई जानकारी छ । तर, दही खाने पनि आफ्नै नियमहरु छन्, यसको अनुचित प्रयोगले स्वास्थ्यमा फाइएदा भन्दा बढी हानी गर्न सक्छ ।

आम हिसावमा रातिको समयमा दही खानु उचित मानिँदैन । रातको समयमा दही खादा शरीरमा तापमान र रक्तचापलाई असन्तुलित गर्छ । त्यसैले दही रातको समयमा सेवन नगर्नु नै राम्रो मानिन्छ ।

राति दही खाँदा तपाईंलाई रुघा खोकी लाग्ने सम्भावना पनि निकै बढ्छ । रातमा दही सेवनले शरीरमा सर्दी गराउन सक्छ । यसले झाडापखाला हुने खतरालाई पनि बढाउँछ ।

यो समयमा दही पिउँदा दिउँसो सकेसम्म चिनीको प्रयोग नगर्नु राम्रो हुन्छ । बेलुकीको सयमा दही पिउनै परे केही कालो मरिचको धुलो मिसाए पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment