Comments Add Comment

मयूरको सहवासले गाउँलेलाई तनाव

peacock

बेलायतमा मयूर जोडीबीचको सहवासका क्रममा निस्कने ठूलो आवाजले यहाँको एक गाउँका मानिसलाई निक्कै तनाव दिएको छ ।

गाउँलेका अनुसार मयूर जोडीको हर्कतले उनीहरुको दैनिकीमा असर परिरहेको छ । उनीहरुका अनुसार मयूरको जोडीले आफ्नो कारमा हमला गर्ने गरेको तथा पञ्जा र टुँडोले कारमा दाग लगाउने गरेको आरोप लगाएका छन् ।

उशाँ मूर गाउँका बासिन्दाहरुले पछिल्लो ६ बर्षदेखि मयूरहरुको हर्कत झेल्दै आएका छन् । उनीहरुले अब सहन नसक्ने बताएका छन् ।

उनीहरुले आफ्नो यो समस्याका बारेमा डरहम काउन्ट्री काउन्सिलमा निवेदन दिइसकेका छन् । काउन्सिलका अधिकारीले पर्यावरण सुरक्षा कानून १९९० लाई आधार मानेर यसको जाँच गरिरहेका छन् । काउन्सिलले यी पंक्षीहरुको आवाजको जाँच मानक ध्वनिको मापदण्डअनसुार गरिरहेको छ ।

स्थानीय बासिन्दा ग्राहम बि्रज भन्छन्-‘यी पंक्षी दिनभर त कराइरहन्छन् नै, रातको समयमा पनि हाम्रो घरको छत छतमा आएर दुःख दिइरहन्छन् ।’

पंक्षीहरुको सङ्ख्या तथा उनीहरुले उपस्थितिबारे केहि मतभेद देखिन्छ । केहिले मयूरको सङख्या ३० रहेको बताउँछन् भने केहिका अनुसार १३ वटा मयूर यस क्षेत्रमा छ । गाउँका मानिसहरु यो बारेमा पनि निश्चित छैनन् कि आखिर यी मयूरहरु कहाँबाट आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment