Comments Add Comment

तीज आउनु कहिले-कहिले, निम्तो आयो अहिले

पशुपति अष्ट्रेलिया र सुनीता जापान जाने पक्का

pashupati-and-sunitaकाठमाडौं । तीज आउन अझै चार महिना बाँकी छ । तर, चर्चित लोक-गायक गायिकालाई तीज कार्यक्रमको निम्तो आउन थालिसकेको छ ।

पशुपति शर्मालाई एउटा होइन, चारवटा देशबाट गीत गाउन निम्तो आएको छ । इजरायल, दुबई, जापान र अष्ट्रेलियाका नेपाली समुदायले उनलाई बोलाएका हुन् ।

‘अहिलेसम्म गीतै बनाएको छैन, चारवटा मुलुकवाट निम्तो आईसक्यो,’ शर्माले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जेठ लागेपछि गीत बनाउनु पर्ला ।’ अष्टे्रलियाको सिड्नीमा त उनको गाउने मिति नै पक्का भइसकेको छ ।

यसपाली कति गीत गाउने भन्ने उनले सोचिसकेका छैनन् । तर, मौलिक गीत बनाउने दाबी गरे । गएको वर्ष उनले तीजमा मात्रै ७ नयाँ गीत गाएका थिए ।

सुनिताको जापान पक्का

जापानमा हुने तीज स्पेशल कार्यक्रमका लागि सुनिता दुलालले पक्का गरिसकिन् । अष्टे्रलिया र युरोपका अन्य ६ मुलुकवाट पनि उनलाई निम्तो आइसकेको छ ।

‘थुप्रै मुलुकबाट निम्तो आइसकेको छ । म्यानेज गर्दै छु,’ सुनिताले भनिन् । विगतमा पनि तीज आउनु केही महिनाअघि नै कार्यक्रमका लागि निम्तो आउने गरेको उनी सुनाउछिन् ।

यसपाली तीजकै सन्दर्भमा तीनवटा गीत गाउने योजनामा रहेकी सुनिताले एउटा गीत पक्का गरिसकिन् । सुरेश अधिकारीको शब्द र संगीतमा उनले स्वर भर्न मात्रै बाँकी छ । ‘अर्को महेश खड्काको शब्द-संगीतमा हुने छ । त्यो पनि एक-दुई दिनमा फाइनल हुन्छ ।’ उनले भनिन् । यसपाली एउटा गीतको भिडियोको सुटिङ क्यानडा र अमेरिकामा गर्ने योजना छ उनको ।

अर्की गायिका मञ्जु पौडेललाई पनि केही मुलुकबाट निम्तो आई सकेको छ । कोमल वली, शोभा त्रिपाठी, मुना थापा मगर लगायतलाई पनि निम्तो आउने क्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment