Comments Add Comment

नेपालगञ्ज गोल्डकप फुटबलमा सुदूरपश्चिम-११ विजयी

Nepalgung-Goldcup

१६ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा सुदूरपश्चिम-११ ले विजयी सुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम-११ ले नेपालगञ्जलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराएको छ ।

यसअघि निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएको थियो । सुदूरकातर्फबाट राकेश हमाल र विनोद केसीले गोल गरेका थिए भने नेपालगञ्जका तर्फबाट विभूषण केसी र चूडामणि चौधरीले गोल गरे । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि नतिजाको लागि खेल पेनाल्टी शुट आउटमा गएको हो ।

खेलमा सुदूरका विनोद केसी म्यान अफ द म्याच घोषित भए ।

नकआउट प्रतियोगितामा काठमाडौंका चारसहित ८ टिम सहभागी छन् । प्रतियोगितामा काठमाडौंका सरस्वती क्लब, सशस्त्र प्रहरीको एपिएफ, नेपाल आर्मी र वेष्ट काठमाडौं फूटबल क्लबले सहभागिता जनाएका छन् ।

त्यस्तै रुपन्देही-११, नेपालगन्ज-११, सुदुरपश्चिम-११ र भारतीय लखनऊ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार हात पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment