Comments Add Comment

प्रहरीबाटै लुटिन्छन् यौनकर्मी युवती

१७ वैशाख, काठमाडौं । ‘त्यही प्रहरी आएर हामीसँग यौन सम्पर्क गर्छ, त्यही प्रहरीले समाएर लान्ट अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ,’ एक युवतीले आफ्नो पीडा टुंग्यानउ नपाउँदै अर्कीले भनिन्, ‘थाकेका हुन्छौं, गलेका हुन्छौं तर प्रहरीले चाहेको बेलामा उनीहरुकेा ओछ्यान तताएनौ भने पक्राउ गर्छन् । हामी धेरै प्रहरीबाटै शोषणमा परेका छौं ।’

Nepal-Police-Logoबिर्तामोडस्थित एक होटलमा यौन व्यवसाय गरिरहेकी युवतीले यसरी सामूहिक पीडा सुनाउँदा अनुहारमा निकै पीडा थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

पेट पाल्न शरीर बेच्न बाध्य भएका उनीहरु प्रहरीबाट थप पीडित बन्नुपरेको व्यथा पोखिरहेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीले आफूहरुप्रति यौन हिंसा र जबर्जस्ती गर्ने गरेको व्यथा सुनाउँदै देह व्यापारमा संलग्न चार युवतीले एकै साथ भने, हामी हाम्रो इज्जत बेचेरै पैसा कमाउँदै छौं, हामीलाई प्रहरीले हरेक दिनजसो धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment