Comments Add Comment

संस्थानका कर्मचारीलाई केरा र सक्खर !

१७ वैशाख, काठमाडौं । सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई लुगा धुनदेखि केरा भत्तासम्म दिने गरेको पाइएको छ ।

nepal_oil_corporationवर्षौंदेखि नोक्सानीमा चल्दै आएको नेपाल आयल निगमले कर्मचारीलाई लुगा धुने र हेटौंडा सिमेन्ट उद्योगले केरा र सख्खर भत्ता दिने गरेको पाइएको आजको राजधानी दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयले विभिन्न संस्थानले कर्मचारीलाई दिने गरेको भत्ताको विवरण माग गर्दा यस्तो तथ्य फेला परेको हो ।

मन्त्रालयका अनुसार लामो समयदेखि नोक्सानीमा सञ्चालन भएर झन्डै ३३ अर्व रुपैयाँ सञ्चित नोक्सानीमा सञ्चालित नेपाल आयल निगममा कार्यरत कर्मचारीले मासिक रुपमा लुगा धने भत्तासमेत पाउने गरेका छन् ।

निगमले आफ्ना कर्मचारीलाई लुगा धुने शीर्षकमा प्रतिमहिना ३ सय ७५ रुपैयाँ भत्ता दिँदै आएको छ ।  आयल निगमका कर्मचारीले घर मर्मत र संरक्षण भत्ता पनि पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment