Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्र अचानक भारततिर

१७ वैशाख, काठमाडौं । लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा गएका छन् ।

gyanendra shahनिजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली गएको आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन् ।

मुलुकमा राजतन्त्र र्फकन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्वपूर्णरुपमा  लिइएको छ ।

उनले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ । उनी आजै र्फकने कार्यक्रम रहेकोछ ।

यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा गएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका थिए । ‘बिहीबारमात्रै अचानक भारत भ्रमणमा जाने कुरा चल्यो, उच्च स्रोतले भन्यो,’तबमात्रै तयारी गर्यौं ।’

करिब एक महिना थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा पछिल्लो समय कुनै भेटघाट गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment