Comments Add Comment

‘जंगे’ प्रिमियरमा ऋचाको सारी मोह, यस्ताे देखिए अन्य नायिका

richa ans nisha
प्रदर्शनको ठिक एक दिन अगाडि चलचित्र ‘जंगे’को प्रिमियर काठमाण्डौमा गरियो । ट्रेलरकै कारण चर्चामा रहेको यो चलचित्रलाई दर्शकदेखि पत्रकार र चलचित्रकर्मीले पनि प्रतिक्षा गरेका थिए ।

जय नेपाल हलमा विच्छ्याइएको रेड कार्पेटमा रातो सारीमा नायिका ऋचा शर्मा देखिइन् । चलचित्रमा आफ्नो भूमिका अनुसारको पहिरनमा यी सुन्दरीलाई देखिएको थियो । रेड कार्पेटमा नायिका नीशा अधिकारी पनि देखिइन् ।richa sharma in junge show

barsha siwakotiनीशाको पहिरन सजगत चलचित्र ‘हाउ फन्नी’को रेड कार्पेटमा पनि देखिएको हो । ‘जंगे’ रेड कार्पेटमा पनि यी नायिकाको पहिरन आकर्षक थियो । चलचित्रकी अर्की नायिका शिखा शाहीको पहिरन पनि तारिफयोग्य देखियो । तर, चलचित्र हेरेपछि सबै तारिफको क्रेडिट ऋचा शर्माले लगिदिइन् । रेड कार्पेटमा नायिका बर्षा सिवाकोटी, साम्राज्ञी राज्यलक्ष्मी शाह पनि देखिए ।

चलचित्रका शिर्ष कलाकार सुरज सिंह ठकुरी, कलाकार नाजिर हुसेन पनि रेड कार्पेटमा मुस्कानसहित उपस्थित थिए । चलचित्र हेरेपछि नाजिरले धेरै प्रशंसा पाइरहेका छन् । उत्कल थापाले निर्देशन गरेको यो चलचित्रलाई सुसन प्रजापतिले निर्माण गरेका हुन् । रेड कार्पेटमा निर्माता प्रजापति देखिएनन् । आजबाट यो चलचित्र देशभरका हलमा रिलिज भएको छ ।samragyi in junge

junge press show

shikha sahi

तस्बिर : कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment