Comments Add Comment

पत्रकार क्षेत्रीको निधन, पार्थिव शरीर प्रज्ञा भवनमा

श्रद्धाञ्जली दिन निर शाह, कृष्ण सिटौला लगायतका नेता पुगे

surya kumar chhetri (5)

१७ वैशाख, काठमाडौं । नेपाल प्रेस युनियनका सचिव सुर्यकुमार क्षेत्रीको बिहीबार राति निधन भएको छ । क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

३३ वर्षीय क्षेत्री ब्रेन ट्युमरको समस्याबाट पीडित थिए । २ वर्ष अघि उनको शल्यक्रिया गरिएको थियो । भारतमा समेत उपचार गरेर फर्किएका क्षेत्रीको पुनः स्वास्थ्यमा समस्या देखिएपछि न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

surya kumar chhetri (3)

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिएको छ ।

क्षेत्रीलाई श्रद्धाञ्जली दिन कांग्रेस नेताहरु कृष्ण सिटौला, मिनेन्द्र रिजाल, गगन थापा तथा कलाकारहरु निर शाहलगायत प्रज्ञाभवन पुगेका छन् । उनीहरूले प्रेस युनियनको झण्डा अोढाएका थिए ।

surya kumar chhetri (1)

स्याङ्जा घर भएका क्षेत्रीको अन्तिम संस्कार कहाँ गर्ने भन्ने टुंगो लागिसकेको छैन । ‘उनको बुवा आज काठमाडौं आएपछि अन्तिम संस्कार कहाँ गर्ने भन्ने टुंगो लाग्छ,’ नेपाल प्रेस युनियन काठमाडौंका सहसचिव खगेन्द्र भण्डारीले भने ।

क्षेत्रीले ‘धानको सिरौंला’, ‘डाली पलायो’, ‘सुन्तला फूल खेल्दै आयो’ लगायतका चर्चित लोक गीत संकलन तथा रचना गरेका छन् । उज्यालो एफएममा कामसमेत गरेका उनले नेपाली चलचित्रमा स्कृप्ट पनि लेखेका छन् ।

surya kumar chhetri (2)

surya kumar chhetri (4)

तस्वीर: कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment