Comments Add Comment

राष्ट्र बैंकद्धारा ११ अर्बको विकास ऋणपत्र निष्काशन

Nrb-810१७ वैशाख, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) ११ अर्बको ‘विकास ऋणपत्र २०८८’ निष्काशन गर्दैछ । १५ वर्षे अवधि रहेको यो ऋणपत्रको ब्याजदर भने बोलकबोल मार्फत् निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रका लागि केन्दि्रय बैंकले बिहीबार बोलकबोल गरेको थियो । अनलाइनमार्फत बोलकबोल गर्नुपर्ने व्यवस्था मिलाएको छ ।

०८८ वैशाख १७ गते फिर्ता हुने यो ऋणपत्र बैंकमा धितो राखेर ऋण समेत निकाल्न सकिने राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात् ८ सय ८० करोड र २ सय २० करोड छुट्याइएको छ ।

ऋणपत्र बैक तथा वित्तीय संस्था, गैरबैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

कम्तीमा ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने अंक कायम हुने श्रेष्ठले बताए ।

राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले भने आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्ट मनि वापतको रकम राष्ट्र बैंकमा रहेको खाता नं. १२००००० र ०१५-११५-५२४ मा जम्मा गरेको सक्कल भौचर राष्ट्र बैंकमा पेश गर्नु पर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment