Comments Add Comment

सोमबारदेखि ११ जिल्लाका भूकम्प पीडितसँग अनुदान सम्झौता

Punarnirman-Pradhikarn१७ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी सोमबारदेखि ११ जिल्लाका भूकम्प पीडितसँग घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने भएको छ ।

भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लामा घर बनाउनका लागि सरकारले अनुदान सम्झौता गर्ने भएको हो ।

‘अनुदान पाउने भूकम्प पीडितको नामावली सार्वजानिक भएका जिल्लाहरुमा सोमबारदेखि अनुदान सम्झौता गर्ने तयारी गरिरहेका छौं,’ प्राधिकरण स्रोतले भन्यो- ‘अनुदान सम्झौता भएको हप्तादिनभित्र पीडितले पहिलो किस्ताबापतको रकम प्राप्त गर्नेछन् ।’

हालसम्म करिब ४५ सय घरधुरीसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वैशाख १२ गते नै गोर्खा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, रामेछाप, सिन्धुली र ओखल ढुङ्गाका अनुदान दिन योग्य ३ लाख घरधुरीको नामावली सार्वजनिक गरिसकेको छ ।

भूकम्पले भत्किएका घर पुनर्निर्माण गर्न सरकारले पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ दिनेछ । पहिलो किस्ता लिनका लागि पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्डभित्र रहेर घरको नक्सा पास गर्नुपर्ने व्यवस्था छ । जग हालिसकेपछि दोस्रो किस्तास्वरुप ७० हजार र छाना छाउने बेलामा ८० हजार रुपैयाँ घर कूल २ लाख रुपैयाँ अनुदान दिने प्राधिकरणले जनाएको छ । सरकारी अनुदान लिनका लागि लाभग्राहीले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment